रौतहट जिल्लाको मंगलपुरमा गएराती एक जना युवकको हत्या

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको मंगलपुरमा गएराती एक जना युवकको हत्या भएको छ । हत्या भएका ब्याक्ति चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्ग रहेका हुन् । उनलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको खुलेको छ ।

cold baat bachau

थिङ्गको हत्या गरेको आशंकामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा सोही स्थानका बासिन्दा ३५ वर्षीय रबिन्द्र थिङ्ग, उनकै माइजू नातामा पर्ने ४२ वर्षीय बुद्धिमाया पाख्रिन, र काठमाडौं घर भई १ हप्ता पहिले देखिन आफन्त भेट्न आएका निजको मामा नाता पर्ने ३९ वर्षीय आशिष पाख्रिन रहेका छन् ।

tamagadhi emergency add

उनीहरूले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बताए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads