
निजगढ नगरपालिकाद्वारा अशक्त सेवाग्राही लाई घरमै पुगी परिचय पत्र प्रदान

सागर घोरसाईने, कोल्हवी
बारा जिल्लाको निजगढ नगरपालिकाले अशक्त भई कार्यलयमा उपस्थित हुन नसकेका सेवा ग्राहीहरुलाई घरमै पुगेर परिचयपत्र प्रदान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की को टोली ले वडा नं. ४, कछडिया टोल निवासी ७१ बर्षीय अधिकलाल कुवर पूर्ण अशक्त , अपाङ्गता भई कार्यालयमा उपस्थित हुन असमर्थ भएकोले वहाँको घरमानै पुगी “क” वर्गको पूर्ण अशक्त अपाङ्गता परिचय पत्र कार्ड (रातो कार्ड) प्रदान गरीएको अधिकृत कार्कीले जानकारी दिनु भयो।

