नेकपा समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह

0 0
Ads here
Read Time:2 मिनेट, 31 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लामा नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजावादी निकटको प्रेस संगठन नेपालको जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ । कलैयाबाट प्रकाशित हुने पदमोदय दैनिकका प्रकाशक समेत रहेका अध्यक्ष साह राजधानी दैनिक र एभीन्यूज टेलिभिजनका बारा जिल्ला समाचारदाता समेत रहेका छन् ।

raining add

जिल्लाको सदरमुकाम कलैयामा भएको सो भेलामा अध्यक्ष भएका साह नेपाल पत्रकार महासंघ बाराको कार्य समितिको सदस्यमा एक कार्यकाल निर्वाचित भएका थिए । उनी तत्कालिन प्रेस संगठन नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रेस चौतारी बाराका सचिव पनि रहेका थिए । उक्त संगठनको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन् । भने सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरजकुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार सहित २५ सदस्यीय समिति रहेका छन् ।

tamagadhi emergency add

उक्त भेला कार्यक्रममा संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठको अध्यक्षमा तथा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, केन्द्रीय सदस्य, बारा जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, प्रदेश २ का सांसद सीता गुरुङ, संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य ध्रुव यादव, रविन्द्र साह लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।