प्रभु साहको चुनावी घोषणा अनुसार गरुडा कटहरिया कलैया सडक निर्माणकार्य द्रुतगतिमा हुंदै

0 0
Ads here
Read Time:5 मिनेट, 5 सेकेन्ड

दिपेन्द्र रजक (दिपु)

रौतहटको मध्यभाग गरुडा, कटहरिया,कलैया सडकखण्ड अन्तर्गत कालोपत्रे निर्माणकार्यको प्रक्रिया द्रुतगतिमा सुरु भएको छ ।

cold baat bachau

कटहरिया कलैया सडक निर्माण सुरुभए संगै स्थानीयहरुको बर्षौं देखिको अधुरो सपना साकार हुँदै गएको छ । नेता प्रभु साह मात्र केही महिनाको लागि सहरी विकास मन्त्री हुंदा कटहरिया कलैया सडकखण्डमा कालोपत्रे निर्माणको लागि २० करोड रुपैया स्वीकृत गरेका थिए । डिभिजन सडक कार्यालय द्वारा ६ किलोमीटर कालोपत्रे निर्माणको लागि आव्हान गरेको टेण्डर आश्रय निर्माण सेवाले घटाघट प्रक्रियामा साढे ९ करोडमा साकार गरेको छ।कटहरिया घाट लालबकैया पुलको पश्चिम् बांधछेउ बाट बाटो निर्माण सुरु गरिएको निर्माण सेवाका निर्देशक रामाश्रय साहले बताएका छन ।

tamagadhi emergency add

गरुडा कटहरिया कलैया सडक निर्माणकार्य द्रुतगतिमा निर्माणका लागि पुर्ण स्रोत साधन र जनशक्ति परिचालन गरिएको छ। कुल साढे ९ करोडको लागतमा ७ मिटर चौडाइ भएको ६ किलोमीटर अक्सफाल्ट प्रबुधिको कालोपत्रेका साथै ११ वटा कल्भर्ट र १ स्थानमा ४६ फिट लामो आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको छ । सो मध्ये ५ वटा कल्भर्ट निर्माण पुराभैसकेको छ । पहिलो चरणमा माटो पुर्ने काम भैसकेकोछ ,लगत्तै ग्रेभल, बेस राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रबिधिको पिच निर्माणको काम सुरु गरिने निर्देशक साहले बताए।

Breast Feeding Ads

कालोपत्रे निर्माणकार्य यसै आर्थिकवर्षमा पूरा गर्ने मुल ठेकदार रामाश्रे साहले जानकारी दिए । सोही टेण्डरमा बचेको रकम बाट डिभिजन सडक मार्फत झांझपुल देखि दुधियाभार सम्म २ किलोमिटर ७ मिटर चौडाइ भएको कालोपत्रे बाटो निर्माणकार्य सुरु भएको छ । भ्याट सहित कुल ६ करोडमा २ किलोमिटर बाटो कल्भर्ट सहितको निर्माण गर्न डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्हान गरेको टेण्डर मुन्ना निर्माण सेवाले साकार गरेको छ । कालोपत्रे निर्माणगर्न पहिलो चरणमा माटो,ग्रेभल पुरेर बाटोमा बेस राख्ने काम सुरु भएकाले अबको केही दिनभित्रै कालोपत्रे निर्माण सुरुगरिने डिभिजन प्रमुख दारोगा साहले लाई जानकारी दिएका छन ।

Kolhabi Ads

उक्त बाटोको निर्माण यस आर्थिक बर्ष भित्र पूरा गर्नुपर्ने सम्झौता भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर ले जनाएको छ । कटहरिया ५ का समाजसेवी दिनानाथ साहले गरुडा, कटहरिया,कलैया सडकनिर्माण सुरुहुनाले यसक्षेत्रका हजारौं मानिसको बर्षौंको सपना साकार भैरहेको बताए । दशकौंदेखि सिधा बाटो नभएकै कारण कटहरिया देखि मात्र ४० किलोमिटर टाढा रहेको बिरगंज सम्म पुग्न गरुडा,चन्द्रपुर हुँदै १ सय किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेकोे थियो । नेकपा एमाले नेता तथा पुर्व मन्त्री प्रभु साह रौतहट क्षेत्र ३ बाट संघिय सांसदमा निर्वाचित भएपछि २ बर्ष अघि उनकै अगुवाइमा सन्तपुर दोस्तिया चौक देखि मलाहीटोल छेउ सम्म उक्त नया बाटो निर्माण भएको थियो । उक्त नया बाटोको ट्रेक खोल्न नेता साह संगै पुर्व बिधायक कुन्दन कुश्वाहा पनि अहोरात्र खटेका थिए । हरेक स्थानीय तहलाई हाईवे कनेक्सन गरिने प्रभु साहले गरेको चुनावी घोषणा अनुसार गरुडा,कटहरिया,कलैया, जंगलसहिया धन्सार,जंगलसहिया बाल्चनपुर,छेदिचौक हर्साहा,कटहरिया देवाही घाट,मौलापुर सुकदेव चौक जोड्ने लगायतको नया बाटो निर्माण गरिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।