तेस्रो कोल्हबी गोल्ड कपको मेयरले गरे उद्घादन , बारा ११ को बिजय सुरुवात

0 0
Ads here
Read Time:5 मिनेट, 24 सेकेन्ड

कोल्हबी : बारा जिल्लाको कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन र जनशक्ति क्लब कोल्हबी, समाज बिकाश युवा क्लब कुमरगढी , सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कोल्हबी नगरपालिकाको प्रस्तावित रंगशाला वडा नम्बर ६ को कुमरगढी फुटबल मैदानमा जनशक्ति क्लबका अध्यक्ष त्रियोगी राउत थारुको सभापतित्व र कोल्हबीका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यद्वारा तेस्रो कोल्हबी गोल्ड कपको आईतवार एक कार्यक्रम गरि उद्घादन गरियो ।

cold baat bachau
समाजसेवी गोविन्द पौडेल मन्तब्य व्यक्त गर्दै
tamagadhi emergency add

कोल्हबी नगरपालिकाको मुख्य प्रायोजनमा गरिएको सो गोल्ड कपमा अर्ना बियर कोल्हबीका बिक्रेता प्रोप्राइटर अभिषेक साह, शिवम ट्रेडर्सका सुकदेव साह रौनियार, उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबी, मामा भान्जा रेडिमेड कोल्हबीका बिक्रम पोखरेल, सुर्य बहादुर खत्री, वेदयान्त पब्लिकेसन प्रा. लि. बनस्थली काठमाण्डौ र श्री जनता मा. बि. ककडी प्रसौनाले सहयोग गरेका छन ।

Breast Feeding Ads

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख भण्डरीले मन्तब्यको क्रममा बारा ११ का टिमले बारा जिल्लाको नामबाट आफ्ना क्लबलाई नामाकरण गरेकोमा सम्पुर्ण खेलाडी तथा सहयोग गर्नु हुने प्रशिक्षकलाई समेत बधाई दिनु भएको छ भने कोल्हबी गोल्ड कपले कोल्हबिको इज्जत र सान राखेको छ र भबिस्यमा पनि राखिदिन आग्रह गर्दै हरेक बर्ष झैं साथ र सहयोग आफ्ना कार्यकालको भित्र हुने चौथो र पाचौ गोल्ड कपमा पनि यथार्थ र पारदर्शीक रुपमा विवरण सहितको खर्चहरु सार्वजनिक क्लबले गरे नगरले हरेक किसिमको साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

Kolhabi Ads
समाजसेवी रामप्रसाद चौधरी मन्तब्य ब्यक्त गर्दै

त्यस्तै अनुशासित र मर्यादित भएर खेल खेल्न र खेलाइ दिनु हुन खेलाडी, रेफ्री र आयोजकलाई कोल्हबी नगरका प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले मन्तब्य ब्यक्त गर्दै आग्रह गर्नु भयो भने मन्तब्यको क्रममा आफ्नो बिगतका दिनहरु सम्झिदै बासको पोल बनाएर फुटबल खेलेको पनि बताउनु भयो ।

रातो ड्रेसमा बारा ११ का खेलाडी खेल प्रदर्शन गर्दै

अनुमानित २१ लाख ९० हजारको लागतमा हुने सो कार्यक्रममा प्रमुख आतिथ्य कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारीले गर्नु हुनेछ । हर्दी समाज चितवन , मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर , बागमती ११ सर्लाही , शैलेश युवा क्लब लहान १२ सिरहा , बैङ्खरी एकेडेमी महोत्तरी , गोल्डेन स्टार दुहबी सुनसरी, बरा ११ र आयोजक टिम गरि ८ वटा क्लबका खेलाडीले प्रदर्शन गर्नेछ भने २४ गते शनिबारका दिन बागमती र चन्द्रपुर बिच महिला मैत्रीपुर्ण खेल हुनेछ ।

उद्घाटनको पहिलो दिन बारा ११ र सैलेश युवा क्लब लहान बिच भएको पहिलो हाफको खेल २ मिनेट पनि नबित्दै बारा ११ जर्सी नम्बर १४ का कृपा चौधरीले १ गोल र दोस्रो हाफको ८९ औं मिनेटमा सोही टिमका जर्सी नम्बर १० का बिवेक चौधरीले थप एक गोल गरि २-० को नतिजा निकाल्दै बिजयको सुरुवात गरेको छ । भोलीको १९ गते सोमबारको खेल आयोजक क्लबका टिम र बागमती ११ सर्लाही बिच हुनेछ । र भोली १९ गते सोमबारको खेल आयोजक क्लबका टिम र बागमती ११ सर्लाही बिच हुनेछ ।

शुभकामना मन्तब्य वडा नम्बर ६ का अध्यक्ष तथा कोल्हबी नगरपालिकाको नगर प्रबक्ता पुरन देव चौधरी,समाजसेवी गोविन्द पौडेल,रामप्रसाद चौधरी ले गर्नु भयो भने स्वागत मन्तब्य तेस्रो कोल्हबी गोल्ड कप मुल कमिटीका कोषाध्यक्ष बिजेन्द्र प्रसाद चौधरी तथा कार्यक्रम सन्चालन धिरेन्द्र पनुहरले गर्नु भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु