विवाद बढ्दा पचतौरा नगरपालिका एक महिनादेखि ठप्प

0 0
Ads here
Read Time:2 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेक्स कोल्हवी
बारा स्थानीय विद्यार्थीहरूको आन्दोलनका कारण बन्द भएको पचरौता नगरपालिकाको काम एक महिनायता प्रभावित भएको छ । गत कात्तिक ९ गते पचरौता उच्च माविका विद्यार्थीहरूले नगरपालिका कार्यालय तोडफोड गरेपछि कार्यालय बन्दै रहँदैआएको छ ।

शिक्षक पदपुर्ति गर्नुपर्ने, ल्याब र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै पालिकासँग माग राख्दा माग पूरा नभएपछि उनीहरूले पालिका कार्यालय तोडफोड गरेका थिए । त्यस क्रममा प्रहरी र विद्यार्थीहरूबीच झडपसमेत भएको थियो । तर घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट तीन सदस्यीय छानबिन समिति बने पनि टुंगोमा पुग्न नसक्दा पालिकाका कर्मचारीहरूले स्थानीय एक सामुदायिक भवनमा बसेर अस्थायी हाजिरी बनाउँदैआएका छन् । एकपछि अर्को विवादका कारण नगरपालिकाको काम प्रभावित हुँदैआएको छ ।

cold baat bachau

२ वर्षअघि नै यस नगरपालिकामा अस्पताल बनाउने विषयमा विवाद चुलिंदा मेयर र विपक्षीबीचको झडपले उग्ररुप लिएको थियो । जुन विवाद अझै सेलाएको छैन । यसवाहेक पालिकाको अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरीसमेत परेका छन् । कर्मचारीमाथि बलात्कार आरोप, भ्रष्टाचार, राजनीतिक विवाद लगायत झमेलाले गर्दा नगरपालिकाको काम प्रभावित बन्दैआएको हो ।

tamagadhi emergency add

यसैबीच मेयर र उपमेयरबीच विवाद त मन्त्रालयसम्मै पुगेको छ । मेयरले बहुमतको दम्भमा मनोमानी गरेको भन्दै उपमेयर इन्दुदेवी यादवले सार्वजनिक रुपमै विरोध गर्दैआएकी छन् । पालिकाको काम प्रभावित भइरहँदा मेयर रमेश यादव पछिल्लो समय कार्यालयमै आउन छाडेका छन् । प्रमुख प्रशासकीय अधिकृत श्याम यादवका अनुसार केही दिनदेखि मेयर यादव सम्पर्कमा नै छैनन् । कान्तिपुर

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।