
कोल्हवी नगर भित्रै पहिचान गुमाउँदै मेरो गाउँ रामबन

चेरवन्त खबर डेक्स , कोल्हवी बारा
मेरो गाउँ रामबन बारा जिल्ला साबिक ककडि गाविस र हाल कोल्हवी नगर पलिकाको पश्चिमी क्षत्रेमा पर्छ ।नगरपालिका को ५ नं वडामा अबस्थित मेरो गाउँको पहिचान विस्तारै हाराउदै गएको छ। छिमेकी दुई ठुला गाउँको बिचमा परेको ले पनि नाम बिस्तारै लिनै छोडिएको छ । पश्चिम मा बोधवन र पुर्ब मा बलुवा गरी दुई ठुला ठुला गाउँ हुदा नगरमै मेरो गाउँको नाम लिदा पनि मेरो गाउँलाई कसैले नचिन्ने भईसकेको ले मलाई निकै चिन्ता परेको छ।

बलुवा मेरो गाउँ बाट थोरै पर छ र बोधवन एक आपसमा जोडिएको छ तर १०० घर धुरी र करिब एक १००० जनसंख्या भएको मेरो गाउँको नाम गुमनाम हुदा मैले आवज उठाउनै पर्छ।मेरो गाउँ मेरो लागि आमा सम्मान छ मातृभूमि को माया लाग्नु स्वाभाविक पनि हो ।मेरो गाउँको नाम हराउनु पर्ने कारण पनि छैन । बोधवन भन्दा धेरै पोखरी मेरो गाउँ मा छ तर माछा गाउँ भनेर बोधवन लाई लिईन्छ ।सबै जाति भाषि मिलेर बनेको मेरो गाउँको पहिचान हराउदा मैले आवाज नउठाएको पनि हैन ।कोल्हवी नगरपालिका ५ का वडा अध्यक्ष वासु चौधरी लाई मैले सरकारी काम काज मा मेरो गाउँ लाई छुट्टै लेख्नु रामबन लेख्नुस बोधवन नलेख्नुस भन्दा उहाँले वास्तै गर्नु भएन।

कमसेकम सरकारी काम काज मा रामबन टोल भनेर लेखिदिए र गाउँ भित्र छिर्ने र निस्कने ठाउँ यो रामबन गाउँ हो भनेर लेखिदिए पनि मेरो गाउँले आफ्नो अस्तित्व मेटाउनु पर्ने थिएन ।नगरपालिका ले रामबन टोल कमिटि , रामबन फुटबल कल्ब , रामबन माछा पालन समूह , रामबन स्कुल , रामबन चौर भनेर मेरो गाउँको नाम संस्थागत गर्दिए म जन्मिएर हुर्किएको गाउँको नाम सानले लिन पाउने थिए ।त्यसेैले सबै नगर वासी , नगरपालिका तथा वडा कार्यालय , स्थानिय सञ्चार माध्यम लागयत सम्पुर्ण सरोकारवाला हरुलाई बिन्ति गर्छु कि मेरो गाउँ को पहिचान स्थायित्व गर्न मद्दत गर्दिनुस।

रामबन गाउँ लाई माया गर्ने वासिन्दा
सुरेश बिक्रम
स्वर्ग भन्दा प्यारो गाउँ रामबन कोल्हवी ५ निवासी
