काँग्रेस बारा क्षेत्र नं. १ को निर्वाचन आज कलैयामा हुने, सभापतिका लागि चौधरी र यादव भिड्दै

0 0
Ads here
Read Time:3 मिनेट, 35 सेकेन्ड

सागर घोरसाईने, कोल्हवी बारा

नेपाली काँग्रेसको १४ औं महाअधिबेशन अन्तर्गत बारा क्षेत्र नं १ को अधिवेशनको निर्वाचन आज हुँदै छ बारागढि गाउँपालिका को खोपवामा गरिने भनिए पनि आज कलैयामा रहेको पार्टी कार्यलयमा अधिवेशन तथा निर्वाचन हुने भएको छ।

cold baat bachau


जसमा बारा जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापतिका लागि दुई मुख्य हस्तीहरु चुनावी रण संग्राममा होमिएका छन्। बारा क्षेत्र नं १ बाराको पुर्वी भागमा उत्तर चुरेको फेदि देखि दक्षिणी भारतको सिमाना सम्म पर्छ । काँग्रेस बाराको दुई मेरुदण्ड कोल्हवी ११ का राम प्रसादद चौधरी र सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादवको मुख्य प्रतिस्पर्धा हुने भएकोले यो अधिवेशन निकै रोमाञ्चक मानिएको छ।

tamagadhi emergency add

Breast Feeding Ads

त्यस क्षेत्रको उत्तरी भागमा राम्रो पकड चौधरीको रहेको र दक्षिणी भागमा राम्रो पकड यादवको रहेकोले यसै भन्न सकिने अवस्था नरहेको काँग्रेस बाराका पुराना नेताहरुले धारणा राखेका छन्। उनीहरु भन्छन् जसले जिते पनि चुरे देखि छिमेकी मुलुकको सिमाना सम्म रहेका काँग्रेस कार्यकर्ताहरुलाई सम्मान व्यबहार गरि बारामा हुने निर्वाचनमा जिल्ला भरीका उमेदवारलाई राम्रो जित हासिल गराउन भुमिका खेल्नु उनीहरुको प्रमुख दाइत्व हुनेछ।

Kolhabi Ads

त्यस्तै यसै अधिवेशनका लागि विभिन्न पदमा उमेदवारी घोषणा गर्नेको लर्को लागेको छ । कोल्हवी नगरबाट मात्रै हिजो सम्म ६ जना ले उमेदवारी रहने भनेर घोषणा गरेका थिए भने आज बिहान समाजिक सञ्जाल मार्फत शुभद्रा धिमाल कोल्हवी नगरपालिकाको उपमेयरको प्रत्यासीले बारा क्षेत्र नं. १ बाट खुल्ला महिला तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहने भनेर जानकारी गराउनु भएको छ ।उहाँ सम्म गरेर कोल्हवी नगरबाट मात्रै ७ जनाको उमेदवारी रहने जानकारी प्राप्त भएको छ।

जसमा बारा जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापतिमा राम प्रसाद चौधरी, थारु पुरुष तर्फको उम्मेद्वारमा कृष्ण प्रसाद चौधरी , खुल्ला तर्फको उम्मेदवारमा रबिन्द्र प्रसाद पनुहर ,खुल्ला तर्फको उम्मेदवारमा मुर्लिधर प्रसाद चौधरी ,खुल्ला तर्फका उम्मेदवारमा हरिहर प्रशाद चौधरी ,थारु तर्फका महिला उम्मेद्वारमा राधा कुमरी चौधरी र खुल्ला महिला तर्फबाट महाधिवेशन प्रतिनिधिमा शुभद्रा धिमाल रहेका छन्।
हामी निरन्तर अपडेटमा छौ, अधिवेशन सम्बन्धि समाचारका लागि चेरवन्त खबर हेर्दै गरौ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।