बच्चालाई पासनीमा पचपन्न लाखको बिमा उपहार दिने कमल बाबु

0 0
Ads here
Read Time:3 मिनेट, 3 सेकेन्ड

चेरवन्त डेस्क

cold baat bachau

बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेलवा निवासी कमल बाबु चौधरीले आफ्ना छोरीको पासनीको अवसरमा ५५ लाखको बाल भभिष्य बिमा गरेर उपहार स्वरुप दिएको छ ।समान्यता कसैले कसैलाई उपहार दिनुपर्दा नगद तथा जिन्सी दिने गर्दछन् । कमलबावुले आफ्ना छोरीको पासनीमा ५५ लाखको बिमा गरेको कागज उपहार स्वरुप दिएका छन् ।

tamagadhi emergency add

अहिले शिक्षा क्षेत्र पनि उतिकै महंगो भएको छ । छोरीले राम्रो शिक्षा पाओस भनि यो बिमा गरीएको बताए । कसैलाई डाक्टर , ईन्जिनीयर पढनु परेमा अनिवार्य ४० लाख भन्दा बढी रकम तिर्नुपर्ने हुन्छ । साथै कोहिलाई पढन ईच्छा हुदाँ हुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकिने गरेको हाम्रो समाजमा कतिको हेर्ने गरेका छौं । त्यसैले आफूले आफ्ना छोरीको पढाईको लागि ५५ लाखको बिमा गरीएको सुनाए ।

Breast Feeding Ads

उनका अनुसार प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबालु राउत गद्दीले छोरी शिक्षा बिमा संचालन गरेकै देखेर आफूले पनि आफ्ना छोरीको भभिष्यलाई मध्य नजर गरी सो बिमा गरेको जनाए । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीमा छोरीको नाममा ५५ लाखको बिमा चौधरीले गराएका हुन् ।

Kolhabi Ads

यो बिमाको कागज छोरीका लागि मात्र उपहार होइन । आफूले जसरी आफ्ना छोरीको भभिष्यको लागि थोरै थोरै रकम बिमा कम्पनीलाई तिर्दैछु । १७ वर्ष पछि छोरीले चाहे अनुसारको शिक्षा लिने पूजर्ण बिश्वास रहेको छ । त्यसैले सबै अभिभावकले पनि आफ्ना बालबच्चाको भभिष्यको लागि बिमा गराउनुपर्ने अहिलेको अवस्थामा आवश्यकता रहेको महसुस गरेको छु ।

चौधरीले बिरगंज स्थित रहेको होटेल हिमालमा एक औपचारिक कार्यक्रमको आयोजना गरी छोरीको लागि गरेको ५५ लाखको बाल भभिष्य बिमाको कागजात आमा गिता शाही चौधरीको हातमा दिएको थियो । चौधरीका अनुसार अहिलेको बढ्दो महङगीका अनुसार हरेक क्षेत्रमा बिकराल असर पार्ने गर्दछ । दिन प्रति दिन बढेको महंगीले छोराछोरीको भभिष्यलाई असर पार्ने डरले पनि उतिकै सताउने गर्दछ । सोहि डरका कारणले नै छोरीको पढाईमा बिशेष मदत पुग्छ भनि छोरीको नाममा ५५ लाखको बिमा गरीएको जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु