नेपाल मत्स्य ब्यबसायी संघ बाराको तेस्रो अबिवेशन कोल्हबीमा हुने

0 0
Ads here
Read Time:3 मिनेट, 24 सेकेन्ड

कोल्हबी
बारा जिल्लाको कोल्हबी नगरपालिकामा अवस्थित तामागढी इन्भेन्ट भेन्युमा नेपाल मत्स्य ब्यबसायी संघ बाराको तेस्रो अबिवेशन भोली १७ गते शनिबार नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा हुने भएको छ ।

cold baat bachau

कोल्हबी नगरपालिकाको मुख्य प्रायोजनमा गरिएको उक्त कार्यक्रममा बारा जिल्लाको करैयामाई गाउपालिका, बारागढी गाउपालिका, निजगढ नगरपालिका, फेटा गाउपालिका, पचरौता नगरपालिका , सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउपालिका र कलैया उपमहानगरपालिका, प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन बारा, सेकुवा पकली ब्यवसायी संघ, श्री सुनगाभा माछा कृषि सहकारी संस्था लि., परोपकार कृषि सहकारी संस्था लि., कटकुइया माई कृषि सहकारी संस्था लि., चौधरी मत्स्य पालन र चौधरी मत्स्य हैचलिङ्गको सह प्रायोजन रहेको छ ।

tamagadhi emergency add

बिगत साढ्रे तिन बर्ष देखि अध्यक्ष पद सम्हाल्दै आइरहनु भएका जंग बहादुर साहले यस भेगलाई बिश्वमा माछा पालन र माछा गाउँको रुपमा चिनाउन पहिलो सफल ब्याक्तिको रुपमा परिचित हुनुभएको छ । नेपालका हरेक संचार क्षेत्र लगायत कृषि टेलिभिजन मार्फत पनि माछा गाउँ बोधबनका साथ साथै यस जिल्लालाई नै माछा ब्यबसायको रुपमा अध्यक्ष साहले परिचित गराएका छन् ।

Breast Feeding Ads

यस जिल्लाकोे सिम्रौनगढ, बोधबन, बलुवा, रामबन, ककडी, धोधर्पा गाउँ लगायत कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, करैयामाई गाउँ पालिका संगै हरेक स्थानिय तहका जनतालाई सफल ब्यबसायी बनाउन नेपाल मत्स्य ब्यबसायी संघ बाराको ठुलो योगदान रहेको देखिन्छ । सो संघले माछा पालन ब्यबसायमा रहेका सम्पुर्ण कृषकलाई सुपरजोन, जिल्ला कृषि कार्यालय बारा लगायत प्रदेश कार्यालय, केन्द्रिय कार्यालयबाट दिइएका सेवा सुबिधा, राहत अनुदान र क्षतिपुर्ती दिलाउन सधैं साथ र सहयोग गरेका छन् ।
भोली हुने साधारण सभाको खुल्ला सत्रमा आर्थिक प्रतिवेदन, आम्दानी र खर्चका विबरण प्रस्तुत संगै बिभिन्न बिद्यामा अनुभव बटुलेका बौद्घिक ब्यात्तित्व, जनप्रतिनिधी र कृषकहरुले माछा पालन सम्बन्धि मन्तब्य ब्यक्त गर्ने छन् भने बन्द सत्रमा पुरानो कार्य समितिको बिघटन र नयाँ कार्य समितिको गठन गरिने केन्द्रिय सदस्य मधुसुधन अधिकारीले जानकारी दिनु भयो ।

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु