रौतहट मा अज्ञात समूह द्वारा ३ बिगहाको धानको राशमा आगलागी,लाखौंको क्षति।

0 0
Ads here
Read Time:2 मिनेट, 4 सेकेन्ड

रौतहट ,रौतहटको  देवाही गोनाही नगरपालिका अन्तर्गत एकजना किसानले दांई गर्न खलिहानमा राखेको ठुलो परिमाणको धानको राशमा अज्ञात समूहले आगलागी गरेका छन ।

आगलागी बाट सबै धानको भारी बोझा जलेर लाखौंको क्षति भएको छ।  देवाही गोनाही  वार्ड नं. ७ प्रेमपुर गोनाहीका बुधाई राय यादवले दाँईगर्न खलिहानमा राखेको धानको भारिमा गएराती अज्ञात समूहले आगलागी गरेको हो। आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पुर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

cold baat bachau

बुधाई यादवले लगाएको  तीन बिगहा धानको भारी जलेर कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिएका छन ।
अज्ञात समूहले धानको भारिमा मध्य रातमा आगलागी गरेको समय गाउँलेहरु मस्त निन्द्रामा सुतिरहेको हुनाले आगलागी नियन्त्रण हुन नसकेको उनको भनाई छ ।

tamagadhi emergency add

यसैबीच  पीडित परिवारले घटना को अनुषन्धान गरि दोषिमाथी हदै सम्मको कार्यवाही तथा सम्बन्धित निकाय संग छतिपुर्ती को मांग गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन ।

Breast Feeding Ads

धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसंधान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन ।
कटहरिया एफ एम बाट साभार

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।