तेस्रो कोल्हबी गोल्ड कप २०७६ पुर्ण रुपले तयारी १८ गते देखि शुरु हुने

Ads here
Flex Print
Read Time:2 मिनेट, 53 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन र जनशक्ति क्लब कोल्हबी, समाज बिकाश युवा क्लब कुमरगढी , सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा वडा नम्बर ६ को कुमरगढी फुटबल मैदानमा फाल्गुन १८ गते आइतबार देखि हुने तेस्रो कोल्हबी गोल्ड कपको आज एक कार्यक्रम गरि पत्रकार सम्मेलन गरियो ।

अनुमानित २१ लाख ९० हजारको लागतमा हुने सो कार्यक्रमको सभापतित्व जनशक्ति क्लबका अध्यक्ष त्रीयोगी राउत थारुले गर्नु भएको थियो भने प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष पुरनदेव चौधरी रहनु भएको थियो ।

Novel Corona Ads

उक्त गोल्ड कपमा हर्दी समाज चितवन , मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर , बागमती ११ सर्लाही , शैलेश युवा क्लब लहान १२ सिरहा , बैङ्खरी एकेडेमी महोत्तरी , गोल्डेन स्टार दुहबी सुनसरी, बरा ११ र आयोजक टिम गरि ८ वटा क्लबका खेलाडीले प्रदर्शन गर्नेछ भने २४ गते शनिबारका दिन बागमती र चन्द्रपुर बिच महिला मैत्रीपुर्ण खेल हुनेछ । खेलमा प्रथम हुने खेलाडीलाई रु. २ लाख र्‍ दोस्रो हुनेलाइ १ लाख रुपैया , सिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Incidents Registration

सो कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी , सपही कलेजका संचालक समिति अध्यक्ष रामप्रसाद चौधरी , तेस्रो गोल्ड कप समितिका सचिव धर्मेन्द्र ठाकुर र संस्कार एफ एम कलैयाका प्रबन्ध निर्देशक अनिल कुमार गौरो लगायतका ब्यातित्वले मन्तब्य गर्नु भएको थियो भने वडा नम्बर ३ का अध्यक्ष किसुनदयाल चौधरी , वडा नम्बर ६ का सम्पुर्ण वडा सदस्यहरू , श्री जनता मा. बि. ककडी प्रसौनाका प्र. अ. अशोक कुमार , शिक्षक बिजय प्रसाद चौधरी बिजेन्द्र प्रसाद चौधरी , रामबाबु चौधरी , रामनाथ चौधरीका साथ साथै चार वटै क्लबका समिति सदस्यहरुको उपस्थिति रहेको थियो र कार्यक्रम सन्चालन रेडियो पतालगंगा कोल्हबीका प्रबन्ध निर्देशक धिरेन्द्र पनुहरले गर्नु भएको थियो ।

Breast Feeding Ads
0 0
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु