रौतहट बौधिमाईमा नेकपा माओवादी केन्द्रको नगर कमिटीको अध्यक्षमा जमील अख्तर देवान चयन

0 0
Ads here
NIC ASIA
Read Time:2 मिनेट, 39 सेकेन्ड
नेकपा माओवादी केन्द्र बौधिमाई नगर कमिटीको अध्यक्षमा जमील अख्तर देवान चयन भएका छन् । शनिबार बौधिमाई ८ स्थित होम विवाह भवनमा सम्पन्न पार्टीको प्रथम नगर सभाले देवानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
Manakamana ads Anil
कमिटीको उपाध्यक्षमा जंगलाल बैठा,सुचिता देवी दास, कोषाध्यक्षमा ललिता देवी, सचिवमा बिरेन्द्र प्रसाद कुशवाहा र सहसचिवमा रामाकान्त प्रसाद पटेल चयन भएको नवनिर्वाचित अध्यक्ष जमील अख्तर देवान जानकारी दिए।
thaneshwar
नव निर्वाचित अध्यक्ष देवानले नगरको नेतृत्व पाएसँगै अब नेकपा माओवादी केन्द्रलाई नगरभरिनै संगठित गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले माओवादी केन्द्रले समग्र नागरिकको विकासको लागि योजनावद्ध ढंगले अगाडि बन्ने जनाउँदै नगरमा हुने विकासका काममा ढिलासुस्ती र भष्ट्र«चार विरुद्ध सशक्त आवाज उठाउने बताए। ‘अब हामी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत जनताका हरेका कुरालाई आफ्नो प्रमुख एजेन्डा बनाएर अगाडि बढ्छौ,’ उनले भने, ‘नागरिकको जीवनस्तर माथि उठाउन हामी निरन्तर लागिरहन्छौँ । अब गरमा हामी पहिलो पार्टी बन्छौँ ।’
cold baat bachau
सम्मेलनले जमील अख्तर देवानको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरेको छ । कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नं-२ को पुर्व सांसद अशोग जयसवाल देशैभर नेकपा माओवादी प्रति जनलहर बढिरहेको अवस्थामा बौधिमाईमा पनि पार्टीलाई पहिलो नम्बर बनाउन सबै मिलेर अगाडि बढ्न सुझाए। उनले देश र जनताको विकास माओवादीले मात्र गर्न सक्ने जनाउँदै देश माओवादीको एजेन्डामा अघि बढिरहेको खुसी व्यक्त गरे । नव गठित कार्यसमिति ६५ सदस्यिय रहेको छ ।
Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।