सुरु भयो दुधौरा व्यापार महोत्सव २०७८

0 0
Ads here
Read Time:2 मिनेट, 39 सेकेन्ड

बारा जिल्लाको उत्तर पश्चिम मा अबस्थित जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा दुधौरा व्यापार महोत्सव २०७८ शुरु भएको छ । महोत्सवलाई  एक कार्यक्रमका बिच बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले उद्घाटन गर्नुभएको थियो ।                            महोत्सव उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले महोत्सवको सफलताको कामना गर्नुभयो । बिभिन्न समयमा आयोजना हुने मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा ठुलो भुमिका खेल्ने भन्दै उहाले सभ्य रुपमा मेला गर्न आग्रह गर्नुभयो ।      कार्यक्रममा वडा नम्बर १४ का कार्यबहाक अध्यक्ष राम दुलारी थरुईन, पत्रकार प्रकाश लम्साल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, वडा नम्बर ३ की वडा सदस्य रुकु पाख्रिन, वडा नम्बर ३ की सदस्य सुकु बिश्वकर्मा, नेकपा माओवादी केन्द्रका नेता भरत भण्डारी, काग्रेस नेता ओम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।                                                                                                                                                                                  महोत्सव मुल आयोजक समितिका संयोजक जेम्स घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदिप गौतमले गर्नुभएको थियो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा हिजोदेशखि शुरु भएको महोत्सव मंसिर २२ गतेसम्म चल्नेछ ।

दुधौरा खेला मैदानमा आयोजना गरिएको महोत्सवमा १ दर्जन भन्दा बढि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुती देखाउने संयोजक जेम्स घलेले जानकारी दिनुभयो । महोत्सवमा मनोरञ्जनात्मक बाल उद्यान, स्वेदशी तथा बिदेशी स्टलहरु, खानाका बिभिन्न स्टलहरु रहेको छ ।

cold baat bachau

महोत्सवमा आज चर्चित गायक रबि रिमाल र भोजपुरी गायक प्रमोद जख्मीले बिशेष प्रस्तुती देखाउने कार्यक्रम छ । महोत्सव अवधीभर चर्चित गायक रमेश श्रेष्ठ मेलोडीले कार्यक्रम सञ्चालन गर्नुहुने छ ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।