मेयरको पद चट हुने भएपछि ढाकछोप गर्न अनेक तरिका अपनाउदै

Ads here
Chaudhary Traders
Read Time:3 मिनेट, 32 सेकेन्ड
Manakamana Gold

कलैया

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र  यादव पछिल्लो समयमा दिन प्रति दिन विवादित बन्दै गरेको छ । विवादित बनेकै कारण मेयरले आवेगमा आएर एक पछि एक गल्ती गर्दै हिडेकाले अहिले मेयर पदबाट बर्खास्त हुने सम्भावना बढेको छ । नगरपालिकाका प्रमुख  यादव एकपछि अर्को विवादमा मुछिँदै आएका छन् ।   विवादित मेयर भएकै कारण अहिले चारैतिर आलोचना भईरहेकन्ह छ ।

Novel Corona Ads

 महागढीमाई २ मैनी टोलमा नाला निर्माणको विषयमा प्रतिक्रिया लिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि आक्रोशित नगर प्रमुख यादवले एकपछि अर्को उपद्रो गरिरहेका छन्। गाउँमा निर्माणाधीन नालाबारे स्थानीय मुकेश कुश्वाहाले गत सोमबार आफ्नो फेसबुकमा पोष्ट गरेको निहुँमा उनका बाबु हरेन्द्र कुश्वाहा कोइरीलाई नगर प्रमुखले नगर प्रहरी लगाएर शौचालयमा थुनिदिए।

भिडियो सार्वजनिक भएपछि आक्रोशित बनेका नगर प्रमुख यादवले भिडियो पोष्ट गर्ने युवकका बुवा कोइरीमाथि कुटपिट र दुर्व्यवहार गरेको थियो । भिडियो पोष्ट गरेको आरोपमा कोइरीका छोरा मुकेश कुवाहमाथि पनि कुटपिट गरेको थियो । कोइरीले भेदभाव तथा अपमानजन्य कसुरमा नगर प्रमुख यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि मुकेशमाथि गत बिहीबार सांघातिक आक्रमण भएको थियो।

Breast Feeding Ads
Incidents Registration

नगर प्रमुख यादवविरुद्ध मुकेशले ज्यानमार्ने उद्योग निवेदन दिएका छन् । तर प्रहरीले हालसम्म मुद्दा दर्ता नगरेको एक  प्रहरी अधिकृतले जानकारी दिए । प्रहरीले मुद्दा दर्ता नगर्नु कारण हो , यादव मेयर पदबाट बर्खास्त हुनु हो । प्रहरी अधिकृतका अनुसार मुद्दा दर्ता हुने बितिकै नगर प्रमुख यादवको मेयर  पद चट हुन्छ ।

नेपाली कांग्रेस पार्टी जिल्ला सभापति भोला चौरसियासहितको टोलीले सदरमुकाममा प्रदर्शन गर्दै प्रहरी कार्यालयमा पुगेर अर्को पक्षका मान्छेलाई पनि तत्काल पक्राउ गर्न उपरीक्षक कृष्ण पङ्गेनीलाई दवाव दिएको छ।

Kolhabi Ads

यसअघि नगर प्रमुख यादवमाथि पनि कार्वाही हुनुपर्ने माग गर्दै बरियारबाट आएका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय अगाडि यसअघि शुक्रबार प्रदर्शन गरेका थिए। नेपाली काँग्रेसका एक नेताका अनुसार मेयर यादवले आवेगमा नआउदा हुन्थ्यो ।  मेयर यादवको पद बर्खास्त हुने भएकाले  बाध्य बस नेपाली काँग्रेसले  पनि मुद्दा दिनु , नारा जुलुस गर्नुपर्ने भएको जिकिर गरे ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु