कार्यकर्ता जोगाउन कलैयामा प्रदर्शन

0 0
Ads here
Read Time:5 मिनेट, 8 सेकेन्ड


कलैया , फाल्गुन ११ ।

cold baat bachau

बारा जिल्लामा आफना कार्यकर्तालाई कानुनी कार्यवाहीबाट जोगाउन नेपाली काग्रेसले आईतवार सदर मुकाम कलैयामा प्रर्दशन गरेको छ । गत विहिवार बरियारपुरमा मुकेश कुशवाहालाई कुटपिट गरि घाईते बनाउनेहरु उपर मुद्धा दर्ता भएपछि आफ्ना कार्यकर्तालाई छोडाउन जिल्ला प्रहरी कार्यलय अगाडी दवाब दिएको छ । नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको ¥यालीले कलैया बजार हुंदै जिल्ला प्रहरी कार्यालय बारा अगाडी पुगी प्रदर्शन गरेको थियो । प्रर्दशनका सहभागीहरुले दोषीलाई कारवाही गर, साईबर अपराध गर्नेलाई कानुनी कारवाही गर, बरियारपुर घटनाको निष्पक्ष छानबिनको मांग गर्दै प्रदर्शन गरेका थिए । बाराका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा निस्केको ¥याली प्रदर्शनमा उपसभापति सुरेन्द्र गुप्ता, सचिवद्वय मनोज भट्ट, हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारादेवी कानु, नेपाली कांग्रेसका नेता राजेश यादव, रामप्रवेश यादव, भैयाराम यादव, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेविसंघका नेता राकेश पाण्डेय, नेजामुद्दिन अंसारी लगायत सयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घटनाको दोषीलाई राजनिति रुप दिएर बारा प्रहरीले बचाउ गर्न खोजेको आरोप लगाउदै ¥याली प्रदर्शन गरिएको थियो । प्रदर्शन पछि सभापति चौरसियाको टोलीले बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीसंग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न मांग गरेका थिए ।
गत विहिवार बेलुकी महागढीमाई नपा २ मैनी टोल निवासी मुकेश कुश्वाहालाई नगर प्रहरी र नगर प्रमुख उपेन्द्र यादवको कार्यकर्ताले कुशवाहालाई कुटपिट गरि घाइते बनाएको थियो ।
जिल्ला प्रहरी कार्यलय बारामा मुकेश कुशवाहाको बुवा हरेन्द्र कुशवाहाले आफ्नो छोरालाई अपहरण शैलिमा पक्राउ गरि कुटपिट गरेपछी उनी फाल्गुन ११ गते ज्यान मार्ने उधोग र अपहरण मुदामा जाहेरी दिएको थियो उक्त जाहेरीको अधारमा अनुशनधान पछि महागढीमाई नपा २ निवासी सुचिन्द्र बैठालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ परेका बैठा नगरपालिकामा आईटी अफिसरको रुपमा कार्यरत कर्मचारी रहेका छन् । पक्राउ परेको आफ्नो कार्यकर्तालाई छोडाउन नेपाली कांग्रेस बाराले कलैयामा बिरोध रैलिको आयोजना गरि दवाब दिइएको छ ।
बिकास निर्माणको काम अगाडि बढाउन नगर प्रमुख यादवको भिडियो सोसल मेडियामा अपलोड भएपछी स्थानिय मुकेश कुशवाहाको बुवा हरेन्द्र कुशवाहालाई समेत नगर प्रमुख यादवले अपमान गरेको कुशवाहाको आरोप रहेको छ । मुकेशलाई कुटिरहेको बेला स्थानियले प्रतिकार गर्दा मेयर पक्षका टयाकटर चालक साहेब यादव, अन्य तीन जना घाईते भएको थियो । घाईतेको उपचार नेशनल मेडिकल वीरंजमा भएको छ । यस्तै मेयर पक्षमा ब्यक्तिद्धारा कुटिएको मुकेश कुशवाहा , उपचार काठमाडौको स्थित शिभिल असपतालमा भैइरहेको छ । कुशवाहाको बुवा हरेन्द्र कुशवाहाले आफ्नो छोरालाई कुटपिटमा संल्गन सुचिन्द्र बैठा सहित ८ जनालाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यलय बारामा मुदा दर्ता गरिएको छ ।
बाराको प्रहरी उपरीक्षक कृष्ण पंगेनिले आरोपितलाई पक्राउ गर्ने र उनिहरुको खोजिकार्य भैइरहेको जानकारी दिनु भयो ।

tamagadhi emergency add
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads