कानुन बिपरित गलती गर्ने कसैलाई नछाड्ने : प्रहरी महानिरिक्षक ज्ञवाली

0 0
Ads here
Read Time:1 मिनेट, 57 सेकेन्ड
cold baat bachau

कलैया :- प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले स्वार्थ वा प्रलोभनमा परेर गैरव्यावसायिक कार्य गर्ने जोकोही प्रहरी कर्मचारीलाई क्षमा नदिने बताएका छन् ।
बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीलाई प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममा निर्देशन दिँदै ज्ञवालीले यस्तो बताएका हुन् ।

tamagadhi emergency add

राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको उनको भनाइ छ । प्रहरी समाजको अभिन्न अंग भएकाले आमनागरिकलाई व्यावसायिक एवं सहज रूपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले भने, “उत्कृष्ट सेवाको प्रतिफल स्वरूप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो ऊर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।”
प्रहरी कर्मचारीहरू उच्च आचरण र व्यवहारको नमुना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको आईजीपी ज्ञवालीले बताए । संगठनविरुद्ध लाग्ने जो कोही सजायको भागिदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीतिअनुरूप गरेका कुराहरूको संरक्षण संगठनले गर्ने उनले बताए । ns online

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads