शिक्षामन्त्री पौडेलले मागे हेडमास्टरको कार्यसम्पादन तथ्याङ्क

0 0
Ads here
Read Time:2 मिनेट, 46 सेकेन्ड

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापक ९ हेडमास्टर० को कार्य सम्पादन बारेको तथ्याङ्क मागेका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको आयोजनामा सञ्चालित शिक्षा इकाइका प्रमुखहरुको कार्यशालामा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्याङ्क मागेका हुन् ।

raining add

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागि परिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रधानाध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्याङ्क ल्याउनुस् ।’ मन्त्री पौडेलले विद्यालयमा दरबन्दी मिलान एवम् कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

tamagadhi mart


विद्यालयमा विषयगत शिक्षकको पनि अभिलेख राख्नुपर्ने बताउँदै मन्त्री पौडेलले विद्यार्थीको खुसी र रुची अनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने कुरा औंल्याए । ‘क्षेत्राधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।’

Breast Feeding Ads

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेशमार्फत त्यो ऐन आउने बताए । उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको भन्दै चाँडै पास हुने विश्वास व्यक्त गरे । शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘राष्ट्रसेवक कर्मचारीले २० औं वर्षसम्म पनि सम्झन लायक हुनेगरी काम गर्नुहोस् ।’ कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासका महानिर्देशक चुरामणि पौडेल लगायतले बोलेका थिए । ratopati

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।