आलुखेती गर्दा बिउ छनोट र जग्गा व्यवस्थापनमा ध्यान दिन विज्ञको सुझाव

0 0
Ads here
Read Time:4 मिनेट, 47 सेकेन्ड

आलु सदाबहार तरकारी मानिन्छ । भान्सामा आलु प्राःय छुट्दैन । जुनसुकै तरकारीमा पनि सहजै मिल्ने अनि विभिन्न परिकारहरु बनाएर पनि खान सकिने आलु नगदेबाली हो ।

cold baat bachau

जाडोयाम लागेसँगै तराई तथा पहाडी क्षेत्रका किसानले आलु रोप्न थालेका छन् । काठमाडौं उपत्यका, तराई र पहाडी क्षेत्रमा जाडोयाम लागेसँगै आलुखेतीको सिजन सुरु हुन्छ । छोटो समयमा तयार हुने र थोरै जग्गाबाट पनि अरु बालीको तुलनामा उत्पादन बढी लिन सकिने भएकाले धेरै जसो किसानले आलुखेती गर्दै आएका छन् । आलु उत्पादन गर्नेहरु बढ्दै गएपनि अझै पनि नेपाल आलुमा आत्मनिर्भर हुन सकेको छैन । खाद्यान्नमा सबैभन्दा धेरै धान/चामल र तरकारीमा आलु आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब भन्दा धेरैको आलु आयात भएको छ ।

tamagadhi emergency add

 यसपाली बेमौसमी वर्षाले धेरै किसानको धानबालीमा क्षति भयो । जमिन भिजेर चिस्सै छ । धानबालीमा क्षति भए पनि अब आलुखेती गरी आम्दानी लिन सकिन्छ । आलुखेती गरी उत्पादन धेरै लिन मुख्यतः आलु रोप्नु अगाडि बिउ छनोट र जग्गाको व्यवस्थापनमा ध्यान दिन कृषि विज्ञको सुझाव छ । नेपालमा १६ वटा आलुका जात सिफारिस भएका छन् । आफ्नो क्षेत्रमा सिफारिस भएका जात, मझौला दाना तथा टुसा परेका तर नचाउरिएका दाना ड्याङ्ग बनाएर रोप्न राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका बरिष्ठ वैज्ञानिक प्रकाश भट्टराईको सुझाव छ । आलु बुरबुराउँदो र हल्का तथा मलिलो माटोमा धेरै फल्छ । आलुका लागि चिसो मौसम र तापक्रम १५ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ ।

Breast Feeding Ads

Kolhabi Ads

यसपाली कात्तिकको सुरुवातमा पानी धेरै परेकाले माटोमा चिस्यान रहेकाले यो बेलामा धेरै सिँचाइ नचाहिँने वरिष्ठ वैज्ञानिक भट्टराईले बताउनुभयो । नेपालको तराई तथा भित्रि मधेशको लागि कुफ्रिसिन्दुरी, आईपीवाई–८ सिफारिस गरिएका जात रहेका छन् । तर खुमल रातो–२ सहित अरु स्थानीय जात पनि लगाउने गरिएको छ । मध्य पहाडी क्षेत्रमा डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी लगाउन सकिन्छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी, खुमल उज्वललगायत रहेका छन् । आलु रोप्नु भन्दा १५÷२० दिन अगाडि नै बीउको व्यवस्था गरी राम्ररी टुसा उम्रेपछि रोप्न उहाँको सुझाव छ ।

अहिले लगाएको आलुमा पछि विभिन्न रोग किरा देखिन सक्ने भएकाले बिउ छनोटमा ध्यान दिनुपर्ने हुन्छ । रातो कमिला लाग्न नदिन पाकेको अर्थात् राम्ररी कुहिएको गोबर मल प्रयोग गर्न, चिस्यानको मात्रा कायम राख्न तथा आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो जस्ता वनस्पतिमा गाईको गहुँतमा पानीको मात्रा मिलाएर माटोमा छर्न सकिन्छ । साथै वर्षेनी एउटै बीउ प्रयोग नगर्न, काटेर नरोप्न पनि राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक भट्टराईको सुझाव छ ।काटेको आलुमा जीवाणु तथा विषाणु सजिलै सर्न सक्ने हुन्छ । आलुमा लाग्ने मुख्य रोग रातो कमिलो, डढुवा, खुम्रे किरा, फेद कुहिने हुन् । नगदेबाली आलु तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा तरकारी तथा उच्च पहाडी क्षेत्रमा तरकारीका साथै खाद्यान्नका रुपमा प्रयोग गरिन्छ ।उज्यालो अनलाइन

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।