कोल्हबीका प्रहरीले हराएको मोटरसाइकल र मोबाइल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाए

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 43 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालयले हराएको मोटरसाइकल र मोबाइल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाएका छ्न ।                               

सोही नगरपालिकाको वडा नम्बर ९ पडरी गाउँमा पार्किङ गरि राखेको ना.५३ प. ८२६८ नम्बरको २२० सि.सि. को रातो र कालो रङ्गको मोटरसाइकल हिजो ३१ गते आइतबार चोरी भएकोले ईलाका प्रहरी कार्यालय बारागढी सङ्ग समन्वय र सहकार्य गरि ३२ गते सोमबारको दिन फेला पारी प्रहरी कार्यालय कोल्हबीले सवारी धनीलाई बुझाएको हो ।                 

त्यस्तै ३२ गते सोमबारको दिन बिहान ११ बजेको समयमा सहजनाथ मन्दिर काटघाटमा लाग्ने मेलामा गएका दुई जना दर्शनार्थीको मोबाइल भिडभाडको कारण हराएको खबर भएपछि कोल्हबीका प्रहरी टोलीले खोजतलास गरेर ओपो ए १५ मोडेलको मोबाइल मकवानपुर जिल्लाको हेटौंडा ६ हात्तिलेक बस्ने २६ बर्षिय बिश्वनाथ यादवलाई बुझाइएको छ भने अर्का रौतहट जिल्ला माधवनरायण नगरपालिका वडा नम्बर २ घर भएका ३१ बर्षिय अजय कुमार सहनीलाई ओपो सिपिएच १९०९ ३१ मोडेलको मोबाइल फेला पारी जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक शेखर कुमार साहले जानकारी दिनु भयो ।                                             

 

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।