गढीमाई स्थित थलही पुल नजिकै मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा दुई जना घाइते

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 36 सेकेन्ड

बारा जिल्लाको महागढीमाई स्थित थलही पुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।                             

गढीमाई नगरपालिका वडा नम्बर ६ को पुर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा परी १ बालिकासहित २ जना घाइते भएका हुन् ।                           

पुर्व लंगडा चौककबाट कलैयातर्फ आउँदै गरेको प्रदेश न.२–००३–००५ प ८५६० नम्बरको मोटरसाइकलले पैदलयात्री एक बालिकालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।                 

उक्त दुर्घटनामा महागढीमाई नगरपालिकाको सोही वडा  निवासी सुधन प्रसाद यादवकी १० वर्षीय छोरी चाँदनी कुमारी र मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसकपुर निवासी २७ वर्षको  निकेश प्रसाद जयसवाल घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सो दुर्घटनामा घाइते भएका  दुवै जनाको टाउको, हातखुट्टा, ढाड लगायतको ठाउँमा चोट लागेको र उनीहरु दुवै जनाको बिरगञ्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मोटरसाइकललाई प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।