कोल्हबी १० अमावमा राष्ट्रिय युवा संघ नेपालकाे वडा कमिटी गठन

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 18 सेकेन्ड

बाराको कोल्हबी वडा नम्बर १० अमावको अम्बेश्वरनाथमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी काेल्हवीले वडा भेला आयाेजना गरि १७ सदस्यीय वडा कमिटी गठन गरेकाे छ ।       

उक्त कमिटीकाे अध्यक्षमा कमलबाबु चौधरी, सचिवमा बालकिशाेर चौधरी,सहसचिवमा रेखा चौधरी र काेषाध्यक्षमा रुष्तम चौधरी लगायत सदस्यहरु अजय माझी, मनमित राम,कलशिया देवी राम,अनवर मंसुरी,विशेश्वर चौधरी,मानती चौधरी,बिन्दु चौधरी,रमेश भगत,र सुनिल चौधरी चयन भएका छन ।                                                                            सो भेला काे अध्यक्षता रंजित चौधरीले गर्नु भएको थियाे भने प्रमुख अतिथी राष्ट्रिय युवा नेपाल काेल्हवी नगर कमिटीका अध्यक्ष नन्देश्वर चौधरी, बिशिस्ट अतिथि राष्ट्रिय युवा संघ नेपालका पुर्व नगर अध्यक्ष हरिनारयण चौधरी, राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं. १ क का सचिव दिपेन्द्र सुवेदी , युवा नेता संजय चौधरी, समाजसेवी धनिराम माली, राम प्रसाद चौधरी, लगायत सयौं युवाकाे उपस्थितिमा साे भेला सम्पन्न भएकाे हाे ।              प्रमुख अतिथि नन्देश्वर चौधरीले राजनितिले नै समाज,देश परिवर्तन हुने भएकाेले युवाहरु राजनितिमा सामेल भई समाज,देशकाे मुहार परिवर्तन गर्न अगाडि बढ्न अपिल गर्नु भयाे । वहाँले परम्परागत तथा रुढीबादी साेचलाई युवाकाे नविनतम साेचद्वारा विस्थापित गरि नयाँ समाजकाे परिकल्पना गर्न सकिने कुरामा जाेड दिनु भयाे । त्यस्तै युवाहरुकाे संगाठनिक एकताबाट मात्र समाजका बिकृत संस्कारलाई हटाउन सकिन्छ भनी हरिनारायण चौधरीले जाेड दिनुभयाे । कार्यक्रम संचालन कृष्णनन्दन चौधरीले गर्नु भएकाे थियाे ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।