बिरगंज थारु छात्राबासका युवाहरुद्वारा रिसर्च कोट्याड नामक संस्था संचालन

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 4 सेकेन्ड

पर्सा जिल्लाको बिरगंजमा अवस्थित थारु छात्राबासका युवाहरुले रिसर्च कोट्याड नामक संस्था संचालनमा ल्याएको छ । विभिन्न जिल्लाका बासिन्दा युवाहरुले छात्राबासमा एकीकृत भइ संचालक समिति चयन गरेर सो संस्था संचालनमा ल्याएका हुन् ।                                                                             

बिद्यालय देखि क्याम्पस सम्मका बिषय बस्तुमा आधारित भएर अनुसन्धान गर्ने र विभिन्न किसिमका लेख रचनाहरु प्रकाशन गर्ने उदेश्यले बिहिवार २१ गते छात्राबास मै कार्यालय रहने गरि विधिवत रुपले पुजा गरि उद्घाटन गरिएको हो ।                       

सो संस्थाको कार्यकारी निर्देशकमा प्रेम शंकर चौधरी, अनुसन्धान निर्देशकमा निरज चौधरी, सम्पादकमा धर्मेन्द्र चौधरी, दिनेश चौधरी कार्यक्रम संयोजकमा र बित्त प्रमुखमा राजकिशोर राउत, कानुनी सल्लाहकारमा नागेश्वर चौधरी लागायतको समिती र सदस्यहरु रहेका छन ।                                                     

Novel Corona Ads

उक्त संस्थाको उद्घाटन कार्यक्रममा रामसुन्दर चौधरी, इन्द्रदेव साह, रामपुकार राउत , प्रवीण चौधरी लागायत विभिन्न बिद्यालयका प्रमुख, संचालक तथा प्रतिनिधिको साथ साथै विद्यार्थीहरुमा सन्जय चौधरी, बलिराम चौधरी, सोनम चौधरी , प्रियान्का चौधरी, मनोरमा चौधरी, चन्द्रकला चौधरी त्यस्तै बारा जिल्लाको बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरी र सन्चारकर्मीहरुको उपस्थिति रहेको सो संस्थाका सदस्य बलिराम चौधरीले जानकारी दिनु भयो  ।

 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।