
बाराको पचरौतामा नगर प्रमुखद्वारा ४४ जना छात्रालाई साइकल वितरण

सिकिन्द्र साह
बारा जिल्ला पचरौता नगरपालिका अन्तर्गत वडा नम्बर ४ को बेल्दारी स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा नगर प्रमुख रमेशकुमार यादवले कक्षा आठमा अध्यनरत ४४ जना छात्राहरुलाई साइकल बितरण गरेका छन् ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सकुन्तला कुमारी यादव, नगर शिक्षा संयोजक प्रमोद प्रसाद यादव लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेकाे थियो । साईकल बितरण गर्ने क्रममा नगर प्रमुखले बताउदै ´संघीयता आएपछि सबैको अधिकार सुनिश्चित हुदै गइरहेको अवस्था छ` । देशकाे कर्णधार भनेकाे वास्तविक कर्णधार हेर्ने हो भने छोरी नै हाे , वास्तवमा एउटा छोरी शिक्षित भए सम्पुर्ण परिवार नै शिक्षित हुने सम्भावना निश्चित छ। किनकि समाज शिक्षित भएन भने चौतर्फी बिकास हुने संभावना कम छ। छोरीको शिक्षा उत्थानकाे लागि भर्खरै नगर सभाबाट छोरी स्नातक गरे ५१ हजार दिने घाेषणा गरेका छौ। छोरीको शिक्षा उत्थानकाे लागि विभिन्न याेजना सम्पुर्ण जनप्रतिनिधिको सहभागितामा पारित समेत गरेको पनि अवगत गराउनु भयो ।

