सञ्चारकर्मी सारदा पोखरेल सम्मानित

0 0
Ads here
Read Time:1 मिनेट, 46 सेकेन्ड

सिमरा :- आमसञ्चारको माध्यमवाट  बारा जिल्लामा सुशासन कायम गर्न र  सार्वजनिक सरोकारको विषयमा कलम चलाएको भन्दै संचारकर्मी शारदा पोखरेल सम्मानित भएकी छिन् ।

cold baat bachau


जीतपुरसिमरा वडा नं २ स्थित ब्राईटर एकेडेमी सिमराले शनिवार विद्यालयको  १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा  सञ्चारकर्मी पोखरेललाई सम्मान गरेको हो । सो कार्यक्रमकी  प्रमुख अतिथि वरिष्ठ लेखक तथा साहित्यकार डा.बिन्दु शर्माले सञ्चारकर्मी पोखरेललाई सम्मान पत्र प्रदान गरेकी थिईन् ।

tamagadhi emergency add


सम्मान कार्यक्रममा बोल्दै ब्राईटर एकेडेमीका  प्रिन्सिपल राजु कार्कीले सञ्चारकर्मी पोखरेलले आमसञ्चारको माध्यमवाट राज्यको सार्वजनिक सम्पति संरक्षण, भष्ट्रचार नियन्त्रण र सुशासन कायम गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको  बताए ।

Breast Feeding Ads

सञ्चारकर्मी पोखरेलले बारा जिल्लाको सार्वजनिक जग्गा संरक्षणमा भु–माफिया विरुद्ध, नदिजन्य उत्खनन्मा भएको बेथिति र वन तस्करहरु विरुद्ध र शिक्षा क्षेत्रमा कलम चलाउदै आएकी छिन् । पोखरेल पछिल्लो समयमा राष्ट्रिय सञ्चार माध्यम थाहा खबर र स्थानिय सञ्चार माध्यम पलखबर डटकममा कार्यरत छिन् ।स्रोत पल खबर

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु