पर्साको अधिकाँस क्षेत्र अधिक बर्षाका कारण डुबानमा

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 41 सेकेन्ड

पर्सा जिल्लाको अधिकाँस क्षेत्र बर्षाको कारण डुवानमा परेको छ ।

बिरगंज महानगरपालिकाको रानीघाट, श्रीपुर, राधेमाइ, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवा लगायतका ग्रामीण भेगका दर्जनभन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।

यस जिल्लामा भएको अधिक वर्षाको कारण पानी नालाबाट निकास नपाए पछि धेरै ब्याक्तिको घर तथा पसलहरुमा पनि पानी पसेको छ । प्रयोग गरिएका प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको श्रीपुरका एक स्थानीयले बताए ।

Novel Corona Ads
Incidents Registration

त्यसैगरि वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदि र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदि र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीन र सडक समेत कटान गरेको छ ।

अधिक बर्षाले ओरिया नदीको पानीको सतह बढेर बाढीका कारण जानकीटोलाको दसौता गाउँ डुबानमा परेको छ । पर्सा जिल्लाकै भिस्वा, मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौल, ठोरी लगायत अधिकांश गाउँ पनि डुबानमा परेको जानकारी प्राप्त भएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।