रौतहटको मौलापुरमा नगर सभा हुँदै गर्दा दुई पक्ष बिच झडप, प्रहरी र प्रदर्शनकारी समेत घाइते
रौतहट जिल्लाको मौलापुर नगरपालिकाले कडा सुरक्षा अपनाउदै नगर सभा गर्न थालेपछि विपक्षले अवरोध पुर्याउन खोज्दा झडप भएको छ ।
नगर सभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको हुँदा एक प्रहरी जवान लगायत केही प्रदर्शनकारी पनि घाइते भएका छन । झडपको क्रममा प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेका छन भने झडप नियन्त्रण गर्न र जनतालाई सुरक्षा दिनको लागिन मौलापुर बजार बन्द गराइएको छ ।
मंगलबार मौलापुर नगरपालिकाका विपक्षी दलका कार्यकर्ताहरुले नगरपालिका बिरुद्ध विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेर प्रदर्शन गरेका थिए । त्यसैगरि बुधबार नगरपालिकाको पक्षमा हजारौ नागरिकहरुले समर्थन जनाउदै प्रदर्सन गरेका थिए भने विहिबारका दिन नगरपालिकाले नगर सभाको सम्पुर्ण तयारी पुरा गरि नगर सभा गरिरहदा विपक्षीहरुले नगर सभा विथोल्न खोजे पछि समर्थक र बिपक्षका नागरिकसँग झडप भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिनु भयो ।