महागढिमाई नगरपालिका र देवताल गाँउपालिकाको निति तथा कार्यक्रम प्रस्तुत

0 0
Ads here
Read Time:3 मिनेट, 22 सेकेन्ड

अनिल पाण्डेय

बाराको  नगरपालिकाले पांचौ नगर सभा बाट  आ ब ०७८/०७९ मा  रु ५६  करोड  ७३ लाख ८ हजारको  नीति तथा कार्यक्रम  सार्वजनिक  गरेको छ ।

raining add


महागढीमाई नगरपालिकाको  प्राङ्गणमा आयोजित  पांचौ नगर सभालाई नेपाली कांग्रेसको केन्द्रिय  सद्स्य  राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो ।

tamagadhi emergency add

पांचौ नगर सभामा प्रमुख  अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा  नगरपालिकाले ल्याएको बजेट  सराहनीय  रहेको बताउनु भयो । महागढीमाई नगर प्रमुख   उपेन्द्र  प्रसाद यादवको अध्यक्षतामा  भएको  पांचौ नगर सभा बाट आ ब ०७८/०७९ को लागि ५६ करोड ७३ लाख  ८ हजारको अनुमानित  बजेट प्रस्तुत गरिएको  थियो ।

Breast Feeding Ads

आ ब ०७८/०७९ को लागि नेपाल  सरकार बाट बितिय समानिकरण अनुदान रु  १५ करोड  ९५ लाख , राजश्व  भांडफाड रु ९ करोड  ५४ लाख ४८ हजार ,  सशर्त अनुदान रु २३ करोड  ८९ लाख , समपुरक अनुदान  १ करोड  ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख  यादवले प्रस्तुत गर्नु भएको थियो । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान  १ करोड  १० लाख ८७ हजार , राजश्व भांडफाड रु  ४५ लाख ७३ हजार बिशेश अनुदान  ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड  ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त  भएको  छ ।   नगर प्रमुख  यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा  स्वास्थ , कृषि  तथा पुर्वाधार निर्माणकार्यमाप्राथमिकता रहेको बताउनु भयो ।

पांचौ नगर सभामा राष्ट्रिय  सभा सद्स्य रमेश यादव , नेपाली  कांग्रेस बारा क्षेत्र२ को सभापति  रामप्रवेश यादव ,  उप प्रमुख  तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न  संघ संस्थाको प्रतिनिधि  तथा संचारक्रमिको सहभागिता रहेको थियो ।           

त्यसैगरी  देवताल गाउँपालिकाको सातौ गाउँ सभा पिप्राढिमा समपन भएको छ ।

Kolhabi Ads

देवताल गाउँपालिका अध्यक्ष  चन्दन सिहको सभापतित्वमा भएको सातौ गाउँ सभा बाट आ ब ०७८/०७९ मा रु ३३ करोड  ८० लाख ७५ हजारको निति तथा कार्यक्रम  सार्वजनिक  गरेको छ । देवताल गाउँपालिकाले चालू तर्फ ६ करोड  ९९ लाख ८५ हजार ,पुजिगततर्फ २६ करोड  ८० लाख ९० हजार रकम बिनियोजित गरेको छ ।  आयोजित   सातौ गाउँ सभामा प्रमुख  प्रशासकिय अधिकृत  सिकेन्द्र साह, उपाध्यक्ष  रमावती देबि  वडा अध्यक्ष ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।                                                                                 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।