बाराको एक वडा कार्यालयले बिकास नगरेको र सुचना लुकाएको आरोप

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 50 सेकेन्ड

अनिल पाण्डेय
कलैया बारा
कलैया उपमहानगरपालिका वाड.न.९ ले बिकास नगरेकाे र सुचनाकाे हक समबन्धि अधिकारबाट बन्चित गराएको आरोप लगाउदै सम्पुर्ण वडा बासि आन्दोलन गरेका छन।                   

वडामा बिकास नगरेको साथै वडा कार्यालय भबन अगाडिको बाटोमा नाला समेत नबनेकोले बाटोमा नै हिलोमय तथा पानी जमेको अवस्था ले डा. सुशिल शाहकाे नेतृत्वमा आन्दाेलन गरीएको छ।

आन्दोलनमा वडा कार्यालय मुर्दाबाद वडा अध्यक्ष को नारा लगाईएको छ। बाटोको बिकास गर्न जन्ताको खुन पसिनाबाट उठाईएको राजश्वलाई दुरुपयोग गरीएको आरोप लगाउँदै आन्दोलन गरीएको छ। स्थानीयले वडामा विकास निर्माणमा भइरहेको ढिलासुस्ती, योजना छनौट, सूचनाको हक लगायतका बारेमा वडाअध्यक्ष डा. अख्तर आलम अन्सारीले जानकारी नदिएको आरोप लगाएका छन।

Novel Corona Ads

वडाबासीलाई सूचनाको हकबाट बञ्चित गराइएको तथा मौखिक रुपमा बाटो सहित नाला निर्माण नगरपालिकाको योजनामा समावेश भएको बताएपनि नगारपालिकाको योजनामा नसमेटिएको हो। वडाको सडकमा रहेका बिजुलीका पोलहरुमा ४ महिनादेखि बत्ति नराख्दा रातिमस अँध्यारो रहने गरेको छ। वर्षाका कारण पानी जमेको, नाला सफाई नगरेको लगायतका कामहरुमा ध्यानाकर्षण गराउनकोलागि आन्दोलन गरीएको डा. सुशिल साहले बताएका छन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।