काेल्हवीका तपाईं नामले परिचीत ब्याक्तिद्वारा महादेव मन्दिरको निर्माण 

0 0
Ads here
Read Time:2 मिनेट, 35 सेकेन्ड

बारा जिल्लाको काेल्हवी नगरपालिका वडा नम्बर एक बस्ने तपाईं नामले चिनिने ओमप्रताप चौधरीले आफ्नाे निजी लगानीमा उत्तरनाथ महादेव मन्दिरको निर्माण कार्य थालनी गरेको छ ।                                                                     

कोल्हबी नगरको सो वडा भित्र रहेका सार्वजनिक जग्गाहरु विभिन्न भूमाफियाहरुले कब्जा गरीरहेकाे अवस्थामा चौधरीले त्यस किसिमका जग्गाहरुकाे संरक्षणमा आफु एक कदम अगाडि सरेकाे बताउनुभयाे । काेल्हवी गाउँकाे उत्तर पट्टि निर्माण कार्य सम्पन्न भइसकेको तर संचालनमा नरहेकाे काेल्हवी अस्पताल नजिकै रहेकाे घाेङयाही दहका प्राय जसो ऐलानी जग्गाहरु गाउँ लगायत बाह्य भुमाफियाहरुले आफ्नो नाममा दर्ता गराइसकेका र केही बाँकी जग्गाहरु अझै नाममा दर्ता गराउने प्रयासमा तल्लीन रहेकाले ती जग्गा संरक्षण गर्न आफु मन्दिर स्थापना गर्न लागेकाे चौधरीले जानकारी गराए ।                                     

cold baat bachau

त्यस नगरपालिका अन्तर्गत रहेका वडाहरुमा यस्ता अनेकन सार्वजनिक जग्गाहरु रहेकाे भए तापनि जनप्रतिनिधिहरुले संरक्षण गर्न तिर ध्यान दिन नसकेका कारण जनताहरु चिन्तित रहेका छन । ओमप्रताप चौधरीले गरेका कार्यलाई सराहना गर्दै सो वडा नम्बर एकका युवा, अगुवा, राजनितिकर्मी लगायत संपूर्ण नागरिकहरु ओमप्रताप जस्तै सचेत नागरिककाे भुमिका निर्वाह गर्नु पर्नेमा त्यहाँका स्थानियहरुले जाेड दिए ।

tamagadhi emergency add

´हामीहरु आफ्नाे बिरासतलाई जाेगाउन हरेक प्रयास गरेपनि जनप्रतिनिधि , अगुवा , राजनितिक कर्मीहरुकै मिलाेमताेमा ती भुमाफियाहरुले हाम्रा सार्वजनिक सम्पत्तिहरु हथ्याउन सफल रहेकाे गुनासाे एक स्थानीयले सुनाए । यस्ता सार्वजनिक जग्गाहरुकाे अहिले कराेडौंकाे मुल्यांकन रहेकाे भए ता पनि सम्बन्धित निकायले कुनै चासाे नदिएकाेले समयमै ती जग्गाहरुकाे संरक्षणकाे लागि ध्यान जाओस भनी निज स्थानीयहरुकाे कथन रहेकाे छ ।

 

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।