बारामा लागू औषध गाजा सहित तीन जना पक्राउ

0 0
Ads here
Read Time:2 मिनेट, 6 सेकेन्ड

बारा जिल्लाको महागढिमाई नगरपालिका वडा नम्बर २ इनर्वा स्थित बरियारपुरबाट तेलकुवा जाने बाटोमा लागू औषध गाजा सहित तीन जनालाई पक्राउ गरेको छ ।


लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलोग्राम अवैध लागू औषध गाँजा सहित तिनिहरुलाई पक्राउ गरेको हो ।         

cold baat bachau

तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कालो रंगको अटो र नम्बर नखुलेको पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम (७ पोका) अवैध लागू औषध गँजा सहित पक्राउ गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

tamagadhi emergency add

पक्राउ पर्नेमा जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा बस्ने वर्ष ३९ को अमिरका पासवान (मो.सा.चालक), सोहि ठाउँ बस्ने वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) रहेका छन्।

Breast Feeding Ads

बरामद लागू औषध तथा सवारी साधनहरू र पक्राउ परेका ब्याक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले दिनुभएको छ।

 

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
67 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।