
सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने

Read Time:37 सेकेन्ड
सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएकाे छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।

उनका अनुसार आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने सरकारले लक्ष्य लिएकाे छ। यसका लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे उनले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु
