
पर्साको बढनिहारमा मृतक सदस्यको परिवारलाई मिर्मिरेको सहयोग

पर्सा जिल्लको बढनिहार स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ ।

उक्त संस्थाका सदस्य पटेरवा सुगौली गाउपालीका वडा नम्बर ३ वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएकोले आर्थिक सहयोग गरेको हो ।


त्यस्तै सोही शाखाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं. ७ निवासी तारा देवी गोढीको स्वास प्रस्वासमा समस्या हुँदा उपचारको क्रममा निधन भएको थियो र दुवै घटनाप्रति वित्तीय संस्थाको तर्फबाट दुख व्यक्त गर्दै परिवारलाई संस्थाको तर्फबाट जनही रु. ५ हजारको दरले आर्थिक सहयोग गरिएको छ ।

संस्थाको बढनिहार शाखाका शाखा प्रमुख निराजन चौधरी र कर्मचारी दिलिप कुमार चौधरी लगायतको उपस्थितिमा बागेश्वरी गाउका पूर्व अध्यक्ष तथा समाजसेवी रामदेयाल कुर्मी र केन्द्र प्रमुख श्रीमती रुन्ची देवीद्धारा तारादेवी गोढीको परिवारलाई र तेतरी थरुनीको परिवारलाई उक्त रकम सहयोग हस्तान्तरण गरिएको हेटौंडा क्षेत्रीय कार्यालय प्रमुख रघुनाथ सुवेदीले जानकारी गराउनु भएको छ ।