राैतहटमा विवाहको प्रलोभन देखाइ तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ

0 0
Ads here
NIC ASIA
Read Time:2 मिनेट, 19 सेकेन्ड

रौतहट : आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

Manakamana ads Anil

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

thaneshwar
cold baat bachau

पीडित  महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् ।

Kolhabi Ads

पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ ।

Breast Feeding Ads

पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

Nepal Life Insurance

फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ । 

Nabil Point Center

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । रातो पाटीबाट सभार


Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु