बारामा भएको दुई बालक हत्या प्रकरणका अभियुक्त पक्राउ

0 0
Ads here
Read Time:3 मिनेट, 3 सेकेन्ड

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई दाजुभाइको हत्यारालाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।                                                           

हत्या भएका ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको जेठ ४ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा मदर्शा सल्फिया कन्जुल उलुममा शव फेला परेको थियो ।                 

cold baat bachau

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारी रहेको छ । उक्त हत्यारालाई ५ दिनमा नै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

tamagadhi emergency add

बालक हत्या भएको मुख्य कारण प्रेम सम्बन्ध लगायत आर्थिक लेनदेन हो । हत्यारा र मृतक बालकको बुवा बिच दाजु भाइको नाता रहेकोले मृतकको आमा र फरमुल्लाह बिचको देवर र भाउजू भन्ने घनिष्ट सम्बन्ध रहेको थियो ।

Breast Feeding Ads

प्रहरीको अनुसन्धानमा उनीहरु भागेर बिहे गर्ने र बाहिर भागेर जाने कुरामा बच्चाहरू बाधक रहेकोले सो घटना भएको अनुसन्धान पछि थाहा भएको जानकारी प्रहरीले दिएको छ । प्रेम सम्बन्ध चलिरहेकै सिलसिलामा पछिल्लो समय देखि महिला निज अभियुक्तबाट टाढिदै गएको थियो भने मृतक दाजु भाइको बुवा बिदेशबाट पठाएको पैसा अभियुक्तलाई ऋण दिएको रकम पचाउने उदेश्यले हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक दाजु भाइको आमासँग अभियुक्तले आर्थिक कारोबार समेत गरेको अनुसन्धानमा खुलिएको छ । अभियुक्तले र मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता गरेको छैन । मृतकको परिवारमा दुई दाजु – भाइ , एक दिदी – एक बहिनी , आमा बुवा गरि ६ जना रहेका थिए । मृतकको बुवा रोजगारीको लागी बिदेश गएका छन् ।

Kolhabi Ads

हत्या भएको दिन मृतक बालकहरुका आमा आफ्नो माईतीमा गएकी थिइन । भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझ पख बच्चाहरूलाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई हत्या गरी छाडेको अनुसन्धानमा खुलिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।