सामी खडिराले व्यवसायिक फुटबलबाट सन्यास लिँदै

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 43 सेकेन्ड

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका सामी खडिराले राष्ट्रिय टिमबाट नखेलेको तीन वर्ष भयो । अब उनले खेलाडी जीवन बाटै सन्यास लिने भएका छन् । तीन महिनाअघि मात्रै युभेन्टस्बाट हेर्था बर्लिनमा आबद्ध भएका ३४ वर्षीय खडिराका लागि शनिबार हेर्था र हेफिनहोइमबीच हुने बुन्डेसलिगा सिजनको अन्तिम खेल करियरकै अन्तिम प्रतिस्पर्धात्मक खेल हुनेछ । खडिराले हेर्थाका लागि आठ खेल खेलेका छन् । गत शनिबार कोलोग्नेसँग गोलरहित बराबरी खेले सँगै हेर्था रेलिगेसनबाट जोगिइसकेको छ ।

१४ वर्षे क्लब करियरका दौरान खेदिराले १६ वटा प्रमुख उपाधि जितिसकेका छन् । उनले रियल म्याड्रिडबाट च्याम्पियन्स लिग र ला–लिगा जिते भने युभेन्टस्बाट पाँचपटक सिरिए उपाधि जिते । त्यस्तै, स्टुगार्टबाट जर्मन बुन्डेस लिगा जिते ।

‘गुड बाई भन्ने समय आएको छ’ उनले भने । आफ्नो इन्स्टाग्राम पोस्टमार्फत खेदिराले केही ठूला क्लबबाट खेलेर महत्वपूर्ण उपाधि जित्नु गर्वको क्षण रहेको र जर्मनीका लागि विश्वकप जित्न पाउनु ऐतिहासिक क्षण रहेको जनाएका छन् । रातो पाटिबाट

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु