६५ देशको भन्दा बढी टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म बन्यो ‘राधे’

0 0
Ads here
Read Time:2 मिनेट, 57 सेकेन्ड

मुम्बई : सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो । यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ ।
फिल्मले अर्को एउटा सफलता पनि हासिल गरेको छ । फिल्म अफ्रिका, एशिया तथा यूरोप जस्ता महादेशहरूका ६५ भन्दा बढी देशहरु जस्तै बेल्जियम, डेनमार्क,क्यानडा, फिजी, मलेशिया, श्रीलंका, दक्षिण अफ्रिका र मोरीशसमा एप्पल टिभी ९आईट्यून्स० मार्फत लाइभ प्रसारण हुने पहिलो बलिउड फिल्म बन्न सफल भएको छ ।

cold baat bachau

निर्माताले यो फिल्म आगामी दिनमा अन्य क्षेत्रहरुमा समेत प्रसारित गर्दैछन्, जसमा गुगल प्ले, सिंगापुरमा सिंगटेल, अफ्रिकामा माइ मूभिज जस्ता विभिन्न प्लेटफर्ममा एकसय भन्दा धेरै देशहरुसम्म पुर्याइने छ । फिल्म एप्पल टीभीबाहेक क्यानाडामा बेल फाइभ टिभी र अप्टिक टिभी, अफ्रिकामा बक्स–अफिस डीएसटिभी र क्यारेबियनमा फ्लो अन डिमान्डका साथ प्रिमियम भिडियो अन डिमान्डमा जी फाइभजस्ता प्लेटफर्ममा पनि लाइभ भैरहेको छ । भारतीय फिल्मको इतिहासमा विभिन्न प्लेटफर्मबाट विश्वभरका दर्शकमाझ पुग्ने यो पहिलो फिल्म भएको छ ।

tamagadhi emergency add


राधेको सफल प्रदर्शनपछि सलमान खान फिल्मस् तथा जी स्टुडियोले संयुक्त रुपमा हिन्दी फिल्म उद्योगमा अन्ततः महामारीको बीचमा समेत आफ्नो फिल्म प्रदर्शन गर्ने एउटा सफल समाधानको खोजी गरेका छन् । विश्वभरका दर्शकहरुको प्रेम तथा प्रशंसकहरुको साथले यो फिल्मले इतिहास रच्ने तयारीमा छ ।

Breast Feeding Ads

भारत बाहिर कतिपय देशहरुमा यो फिल्म सुरक्षा मापदण्डहरु अपनाउँदै फिल्म हलमै पनि प्रदर्शन भैरहेको छ । संयुक्त अरब इमिरेट्समा यो फिल्म पहिलो साता एक नम्बरमा थियो । यसले हलिउडका फिल्मभन्दा राम्रो ओपनिङ पाएको दावी गरिएको छ ।

Kolhabi Ads

१३ मे अर्थात ईदको अवसर पारेर रिलिज गरिएको फिल्ममा सलमान खानसहित दिशा पाटनी, ज्याकी श्राफ तथा रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।