‘चिसो मान्छे देखि कबड्डी ४’ को रिलिज होलान् त तोकिएकै मितिमा ?

0 0
Ads here
Flex Print
Read Time:4 मिनेट, 0 सेकेन्ड

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो । यसैले पनि उनी भदौ ११ गतेबाट चलचित्र रिलिज हुनेमा ढुक्क थिए । चलचित्रको छायांकन सकेर जुम्लाबाट फर्किएको केही समयमै नेपालका कोरोना ह्वात्तै बढ्यो ।कोरोनाको दोश्रो लहरले जनजीवन नै अस्तव्यस्त बनाएको छ ।

दीपेन्द्र यतिबेला घरमै छन् । उनी भन्छन्–‘अब, त भदौ ११ मा चलचित्र रिलिज गर्न कसरी सकिएला र रु चलचित्रको काम त सकिन्छ । तर, माहोल नै नबनेसम्म त चलचित्र रिलिज गर्न सक्ने अवस्था रहँदैन । अब त चलचित्र कहिले रिलिज हुन्छ भन्न सकिने अवस्था नै छैन ।’

कोरोनाको पहिलो लहरले भन्दा दोश्रो लहरले पारेको असर निकै ठूलो छ । मानिसमा त्रास बढेको छ । यसैले, आम नेपालीले खोप नलगाएसम्म हलमा दर्शक फर्किने अवस्था छैन । दीपेन्द्र भन्छन्–‘अरु, क्षेत्र खुलेपनि हाम्रो क्षेत्र खुलिहाल्दैन । मनोरञ्जन क्षेत्र सबैभन्दा ढिलो खुल्ने क्षेत्र हो । यसैले, पनि चलचित्र क्षेत्र नै अब कसरी बढ्छ भन्न सकिदैन ।’
दीपेन्द्रले मात्र होइन, अन्य केही निर्माताले पनि चलचित्रको प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरेका थिए । अब, ती चलचित्र पनि रिलिज हुन्छन् या हुँदैनन् टुंगो छैन ।

Novel Corona Ads

साउन १ गतेलाई तय गरिएको ‘डिसेम्बर फल्स’, भदौ १८ लाई तय गरिएको ‘ए मेरो हजुर ४’, असोज १ गतेलाई तय गरिएको ‘चुरिफुरी’को छायांकनको काम त सकिएको छ । तर, चलचित्र रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।

चलचित्र ‘कबड्डी ४’का निर्माताले असोज १५ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकन सुरु गर्ने तयारी गरेका थिए । तर, यो चलचित्रको छायांकन नै सुरु हुन पाएन । अब, चलचित्रको छायांकन कहिले सुरु हुन्छ पक्का छैन ।

Breast Feeding Ads
Incidents Registration

यस्तो अवस्थामा तोकिएको मितिमा यो चलचित्र रिलिज हुने संभावना पनि कम छ । कोरोनाको पहिलो लहर आउनु अघि प्रदर्शन मिति तोकिएका दर्जन बढी चलचित्र पनि रिलिजको पालो पर्खिरहका छन् । सबैभन्दा ठूलो मारमा ती चलचित्रका निर्माता छन् ।

‘म यस्तो गीत गाउँछु २, लक्का जवान, निरफूल, चपली हाइट ३, प्रेमगीत ३, हिजो आजका कुरा, संझना विर्सना’ लगायतका चलचित्र यो सूचीमा पर्छन् । यस्तै, कोरोनाको दोश्रो लहरका कारण रिलिज हुन नपाएका ‘कृष्णलीला, मनसँग मन, लप्पन छप्पन २’ पनि अब कहिले रिलिज हुन्छन् यसै भन्न सकिदैन ।

Kolhabi Ads

छायांकन सकेर प्रदर्शनको पालो पर्खिरहेका, छायांकन सकेर पोष्ट प्रोडक्शनमा रहेका चलचित्रको सूची लामो छ । यसैले, चलचित्र क्षेत्र चलमलाउन थालेपछि रिलिजको चाप बढ्ने निश्चित छ । तर, चलचित्र क्षेत्र कहिलेबाट पुरानै अवस्थामा फर्किने हो, कसैले पनि केही भन्न सक्ने अवस्था छैन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।