युनाइटेड रोकिँदा लेस्टरसँग चेल्सीको बदला

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 3 सेकेन्ड

एजेन्सी: म्यान्चेस्टर युनाइटेड रेलिगेसनमा परेको फुलहमसँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । खेलको १५ औँ मिनेटमा एडिन्सन काभानीले युनाइटेडलाई अग्रता दिलाएका थिए । ४० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि खेलको ७६ औँ मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काएका थिए ।

युनाइटेडले यो सिजन जीतको अवस्थाबाट ओल्ड ट्राफोडमा अहिलेसम्मकै धेरै १० अंक गुमाएको छ । युनाइटेडका म्यानेजर ओले गनर सोल्कसायरले मंगलबारको खेल आफ्नो टोलीका लागि ‘वेक अप कल’ भएको बताए । आगामी हप्ता युनाइटेडले युरोपा लिगको फाइनलमा भिल्लेरियालको सामना गर्दैछ ।

उता, चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । तीन दिनअघि एफए कपको फाइनलमा लेस्टरसँग १–० गोलले हारेको चेल्सीले त्यसको बदला लिँदै लेस्टरलाई २–१ गोलले हरायो ।

Novel Corona Ads

८ हजार समर्थकका अघि खेलिएको खेलमा चेल्सीका एन्टोनियो रुडिगर र जोर्जिन्होले एक–एक गोल गरे भने केलेची इहानाचोले लेस्टरका लागि एक गोल फर्काए । पराजयसँगै लेस्टरले आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नहुने खतरा बढेको छ । हारपछि चेल्सीले लेस्टरलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लेको छ भने बुधबार लिभरपुलले बर्नलीलाई हराए लेस्टर पाँचौ स्थानमा खस्किने छ । रातो पाटी

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।