जेठ ५ गते बुधबार कस्तो बित्ने छ आजको दिन ? पढ्नुहोस राशिफल

0 0
Ads here
Read Time:10 मिनेट, 7 सेकेन्ड

विसं २०७८ साल जेठ ०५ गते बुधबार  । इस्वी सन् २०२१ मे १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ०७ बजेर ५४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्लेषा, ११ बजेर ३० मिनेट उप्रान्त मघा । योग– ध्रुव, २१ बजेर २१ मिनेट उप्रान्त व्याघात । करण– वणिज,  ०७ बजेर ५४ मिनेट उप्रान्त भद्रा, १९ बजेर ३७ मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, ११ बजेर ३० मिनेट उप्रान्त सिंह ।           

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५० पला ।         

cold baat bachau

मेष (चु, चे, चो, ला, लि, लू, ले, लो, अ)
आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धिमूलक काम गर्न सकिनेछ ।

tamagadhi emergency add

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
घरपरिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेको छ । तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खंदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

Breast Feeding Ads

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
बिहानको समय राम्रो रहेकाले लेखन कलाको माध्ययमले आफ्ना भनाइहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला, कष्टकर नहोला भन्न सकिन्न ।

Kolhabi Ads

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै काम गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले काम समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवारका सदस्यबीच घनिष्टता बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
बिहानको समय राम्रो रहेकाले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि मध्यान्हबाट समय फलदायी रहनेछ । तर पनि स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
विद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । सानातिना स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । तर पनि मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । दैनिक उपभोग्य बस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।                       

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
बिहानको समय राम्रो रहेकाले दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मध्यान्हबाट मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीहरुबाट आलोचना खप्नुपर्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।                                         

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
आउने ठाउँबाट रुपैयाँपैसा नआउनाले बनाएका योजनाहरु थाँती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तीक्तता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्राेसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ । तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बिहानको समय मध्ययम रहेकाले व्यापारमा व्यावसायमा घाटा हुनेछ  । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईंको नाम आउनेछ ।               

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहानको समय राम्रो रहेकाले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।