अमाव महादेवमा गरिएको खुल्ला नृत्य प्रतियोगिता आज फाइनल राउण्ड

Ads here
Read Time:1 मिनेट, 31 सेकेन्ड
Manakamana Gold

नविन चौधरी
कोल्हबी

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १० अमावको श्री अम्बेश्वरनाथ महादेवका संचालक समितीको आयोजनामा शिवरात्रीको अवसर पारेर ८ गते बिहिबार देखी खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गराई रहेको छ ।

Incidents Registration


बिहिबार राती आठ बजे देखी उद्घाटन गरी शुरु भएको उक्त प्रतियोगितामा पुरुषहरुले नृत्य प्रस्तुत गरे भने हिजो ९ गते मंगलबार शिवरात्रीको दिन दिउसो १ बजे महिलाहरु प्रतियोगीहरुको सहभागी रहेको थियो भने राती पुरुषहरुको फाइनल राउण्ड गराउने भने पनि मौसमको कारणले गराउन नसकेको जानकारी प्राप्त भएको छ । आज शनिबार बिहान १० बजे देखी पुरुषको र बेलुका २ बजे देखी महिलाको फाइनल राउण्ड हुनेछ ।
उक्त प्रतियोगितामा पहिलो हुने प्रतियोगीलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रोलाई ३ हजार रुपैया महिला र पुरुष दुइटै सहभागीलाई छुट्टा छुट्टै पुरस्कार दिइने संचालक समितीका अध्यक्ष धनिराम भगतले जानकारी गराउनु भयो ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु