संगितकार चौधरी र गितकार जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक
काठमाण्डौं – गीतकार सुवास जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक भएको छ । युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको गीतमा सुवास जमरकट्टेलका शब्दमा वरिष्ठ संगितकार विकाश चौधरीले संगित भरेका छन् । गीतमा लोकप्रिय गायक विकास लिम्बुको स्वर रहेको छ ।
शुसिल विक्रम शाहले रेर्कडिङ तथा मिक्सिङ गरेका छन भने दयाराम घिमिरेले भिडियो सम्पादन गरेका छन् । कोरोना महामारीले घर भित्रै थुनिएर रहेका बेला सबैलाई उत्प्रेरणा जगाउने खालको सन्देशात्मक गीतमा गीतकार सुवास जमरकट्टेलले आजको समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई गीतका शब्दमा टपक्कै टिपेका छन् ।
थोरै शब्दबाट मानव जीवन र जगतकै यथार्थलाई उतारिएको छ । गीतको भिडियो पनि हालको कोरोना भइरसको डर त्रास र भयलाई देखाउदै त्यसबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न अनुरोध गरिएको छ ।