कैलालीमा कोरोना संक्रमितका लागि निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा

0 0
Ads here
Read Time:1 मिनेट, 58 सेकेन्ड

कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीमा निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ।     

धनगढीमा रोयल कोल्याबोरेटिभ्सले शुक्रबारबाट अटोमार्फत कोरोना संक्रमितहरुलाई अस्पतालसम्म पुगाउन उक्त सेवा सुरु गरेको हो। शुक्रबार ६ वटा अटो र एउटा जिपबाट अभियान सुरु गरेको उक्त संस्थाले शनिबार थप चार वटा अटो उपलब्ध गराउने जनाएको छ।           

cold baat bachau

‘कोरोना सङ्क्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ। यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ’ रोयल कोल्याबोरेटिभ्सका संस्थापक सदस्य देवेन्द्र जोशीले भने,‘जसरी पनि संक्रमितहरुलाई समयमै अस्पताल पुराउने हाम्रो लक्ष्य हो। यसले कोरोना संक्रमितहरुलाई ठूलो राहत हुन सक्छ।’

tamagadhi emergency add

उनले संक्रमितहरुलाई अटो एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए। जिपमा दुई वटा अक्सिजन सिलिन्डरको व्यवस्था समेत गरिएको छ। अटो चालकहरूलाई प्रशिक्षण दिएर उनीहरुका लागि पिपिई लगायतका स्वास्थ्य सामाग्रीको पनि व्यवस्था गरिएको छ।

Breast Feeding Ads

अटोमार्फत सेवा लिनका लागि कमल प्रताप चौधरीको सम्पर्क नम्बर ९८०४६५५२९०९, मनोज चौधरीको  ९८१०२०१५६५, तथा रिक्त मगरको ९८१२६५४०९९, बाबुराम पौडेलको ९८१४६४१०८२, बालकृष्ण चौधरीको ९८२३५२६२८४ र सुरेन्द्र सिंहको ९८१८४७८३३० नम्बरमा सम्पर्कका लागि समेत आग्रह गरिएको छ।रासस

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।