प्रतिष्ठान प्रदेशका ९१ पत्रकारलाई कोरोना संक्रमण

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 0 सेकेन्ड

काठमाडौं : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार संक्रमित भएका छन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरेको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना संक्रमण देखिएको जनाएको छ। 

Incidents Registration

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए।

Novel Corona Ads

राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभिन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्यममा कार्यरत पत्रकारलाई कोरोना संक्रमण देखिएको अध्यक्ष अधिकारीले बताए।

प्रतिष्ठान प्रदेशले कोरोना संक्रमित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको भन्दै उपचारमा संलग्न सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना समेत गरेको छ।
रासस

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।