आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै तिन बुँदे ज्ञापन पत्र बुझाईयो

0 0
Ads here
Read Time:4 मिनेट, 13 सेकेन्ड

कलैया , ८ फागुन । थरुहट थरुवान राष्ट्रिय मोर्चा बाराका संयोजक रामचन्द्र प्रसाद चौधरीले विभिन्न मागहरु राख्दै बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेललाई बिहिबार ज्ञापन पत्र बुझाएका छन् । संयोजक चौधरीको नेतृत्वमा गएको एक टोलीले तिन बुँदे माग राख्दै बाराका प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

cold baat bachau

नेपालको संबिधान २०७२ बन्दै गर्दा सबै क्षेत्रका जातजाती समुदायहरुले संबिधानमा आफ्नो हक अधिकार सुनिश्चित गराउनका लागि संबिधान सभालाई दबाब दिन आन्दोलन मार्फत खबरदारी गरेका थिए । सोहि क्रममा थारु समुदायले पनि थरुहट आन्दोन गर्दै आएका थिए । सोहि आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते कैलालीको टिकापुरमा दुर्भागयवश दु ःखद घटना हुन पुग्यो भनि ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

tamagadhi emergency add

सोहि घटनालाई आधार मानी जनताका प्रतिनिधी संघिय सांसद माननीय रेशमलाल चौधरी लगायतका २५ जनालाई पुर्वपक्षका लागि थुनामा राखयो । त्यो घटना लगायत मधेश आन्दोलनमा भएका घटनाहरुको सत्य तथ्य छानबिन गर्नको लागि नेपाल सरकारले तत्कालिन पुर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा एक उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।

Breast Feeding Ads

तर उक्त आयोगले २०७४ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझायो । आगोगले बुझाएको प्रतिवेदन हाल सम्म सार्वजनिक गरेको छैनन् । ज्ञापन पत्र बुझाउने टोलीले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । त्यसैगरी २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले ती राजबन्दी मध्ये १४ जनलाई सफाई दियो । भने मान्नीय रेशमलाल चौधरी लगायत ११ जनालाई सर्वस्व सहित आजिवन बैद गर्ने फैसला गर्यो । सो फैसला राजनितिक प्रभावबाट गरीएकाले यो त्रुटीपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

Kolhabi Ads

साथै फैसला सच्याउन पटक पटक सरकार लाई आग्रह गर्दा पनि सरकारले अटेरी गर्दै आएको आरोप लगाएका हुन् । सरकारले थारुको आवाज नसुनदिएपछि हालै थरुहट थरुवान राष्ट्रिय मोर्चाका केन्द्रिय नेता लक्ष्मण थारुले फागुन १ गते देखि धनगढीमा आमरण अनसनमा बसेका छन् । थारु अनसनमा बसेकाले दिनप्रति दिन स्वास्थ्य बिग्रिदै गईरहँदा पनि सरकारले वेवास्ता गर्दै आईरहेकाले गम्भीर ध्यानाकर्षन भएको जनाईएको छ ।

उक्त आन्दोलनमा थरुहट थरुवान राष्ट्रिय मोर्चा बाराले एक्यबद्धता जनाउदै मान्नीय रेशमलाल चौधरी लगायत ११ जनालाई बिना शर्त रिहाई गर्न तथा संबिधान संशोधनको माग गरेका छन् । साथै अनशनरत थारुलाई अनशन तोडि वार्तामा बोलाउन पहल गर्न आग्रह समेत गरेका छन् ।

पहल नभए बारामा पनि सशक्त आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय प्रदेश नम्बर २ तथा मानव अधिकार आयोगको कार्यालय काठमान्डौलाई बोधार्थ पठाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु