पर्साको नर्सिंङ अस्पतालमा कार्यरत एक महिलाको कोरोना संक्रमणले मृत्यु

0 0
Ads here
Read Time:1 मिनेट, 33 सेकेन्ड

पर्सा जिल्लाको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा नर्सिंङ अस्पतालमा कार्यरत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

बैशाख ३ गते कोरोना पुष्टि भएकी उनलाई ५ गते अस्पताल भर्ना गरिएको थियो । कडा किसिमको निमोनिया सहित उनलाई श्वासप्रश्वासमा समेत समस्या भएपछि अस्पताल भर्ना गरिएको डा.  सरोज रोशन दासले बताए ।

raining add

विगत पाँच दिनदेख अस्पतालमा उपचार गराइरहेकी ६१ वर्षीय महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो । उनको आज बिहान सवा १ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकरी दिए ।

tamagadhi emergency add

उनी वीरगन्ज नर्सिङ कलेजमा भान्सेको रुपमा कार्यरत थिईन् । वीरगन्ज नर्सिङ कलेजका १९ जना विद्यार्थी र कर्मचारी सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Breast Feeding Ads

डा।  दासका अनुसार महिलालाई अस्पतालस्थित कोभिड अईसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।चैत अन्तिम सातादेखि पर्सामा बढ्दो कोरोनाका कारण अहिलेसम्म ७ जनाले आफ्नो ज्यान गुमईसकेका छन् भने ३ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु