शिवालयमा चौधरीद्धारा २५ किलोको घन्टा लगाईयो

नविन चौधरी

बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको अमाव महादेव शिवालयमा एक स्थानीय बेलवा गाउँ निवासी कमल बावु चौधरीले २५ किलोको घन्टा प्रदान गरेको हो । बिहिबार चौधरीले शिवालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी घन्टा प्रदान गरेको शिवालयका पुजारीले जानकारी दिए । कोल्हवी नगरपालिका वडा नम्बर १० स्थित रहेको शिवालयमा शिवरात्रीमा मेला लाग्ने गर्दछ । सोहि अवसर पारेर चौधरीले मन्दिरको पुजारीलाई २५ किलोको घन्टा , शंख तथा २५ थान कपडा वितरण गरेको हो ।



चौधरीले बिरगंजमा होटल हिमाल संचालन गर्दै आएका छन् । यस अघि पनि चौधरी सामाजिक काममा निरन्तर लागि परेका व्यक्ति रहेको छ । चौधरीले बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्यमा सामेल भएका सुनाए ।

त्यसैगरी विभिन्न समयमा निशूल्क रुपमा खाना खुवाउने जस्ता सामाजिक कार्यमा निकै योगदान गरेको छ । चौधरीले आफ्नो खर्चमा बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका थिए ।