सिमराकी पत्रकार पोखरेल पत्रकारिताको आडमा ठगी धन्दा गर्दै

3 0
Ads here
Read Time:4 मिनेट, 13 सेकेन्ड

बाराको सिमरामा बसोबास गर्दै आइरहेकी र केही बर्ष अगाडिदेखि पत्रकारिता गर्दै आइरहेकी शारदा पोखरेलले पत्रकारिताकै आडमा ठगी धन्दा चलाएको पाइएको छ ।

cold baat bachau

उनी र उनका ससुरा मिलेर ठगी धन्दामा लागेको स्थानीय पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि यो कुराको पुष्टी भएको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा बस्दै आएकी र सिन्धुली स्थायी घर भएकी पत्रकार शारदा पोखरेल र उनका ससुरा फूल बहादुर चौलागाइले झुठो कपाली तमसुक बनाएर ठगी गरेको सोही ठाउँकी पीडित गोमा कुमारी अधिकारी बस्नेतले बताइकी छन् । २०७७ साल चैत ३० गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिँदै पीडित बस्नेतले आफूहरुलाई झुक्काएर शारदा पोखरेल र उनका ससुराले कपाली कमसुक बनाएको बताएकी छन् ।

tamagadhi emergency add

Breast Feeding Ads

उनले दिएको जोहरीमा भनिएको छ : हामीलाई फूल बहादुर चौलागाइ र उनका बुहारी शारदा पोखरेलले भुक्काएर बनाएको ११ लाखको कपाली तमसुकको रकम माग्दै कहिले प्रहरी बोलाएर धम्काउने,कहिले पत्रकारहरु बोलाएर समाचार लेखिदिन्छु भन्दै मानसिक तनाब दिँद आइरहेका छन् ।

Kolhabi Ads

निज चौलागाइ र उनका बुहारीले बागमतीबाट लेखनदास बोलाइ आफनो घरमा झुक्काएर कागज गराएका थिए । कपाली तकसुक गर्दा वडा कार्यालयको रोहबरमा गरिनुपर्ने कानुनी उपचार हुँदाहुँदै जालसाजी गरी ठगी गर्ने उद्देश्यले हामीलाई कागज गराइएको र कागजको कुनै प्रमाणहरु नदिइएकोले न्यायको लागि दरखास्त दिन खोजिएको हो : बस्नेतले आफ्नो जोहरीमा उल्लेख गरेकी छिन् ।

 


आफूहरुलाई कपाली तमसुक गराएको थाहा नभएको अवस्थामा निज चौलागाइ र बुहारी शारादा पोखरेलले बारम्वार इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी बोलाइ धडपकड र दुःख दिने गरेको कुरा समेत पीडितले जोहेरीमा उल्लेख गरेकी छन् ।

 

आफूहरु फूल बहादुर चौलागाइको घरछेउमा बसोवास गर्दै आइरहेको र पढेलेखेको नभएका कारण आफूहरुले कुनैपनि कानुनी सहयोगका लागि फूल बहादुर चौलागाइ र उनका बुहारी शारदा पोखरेलसंग समन्वय गरी सहयोग लिँदै आइरहेको र निज शारदा पोखरेलले सहयोग लिने क्रममा आफूहरुसंग झुक्काइ कपाली तमसुक ११ लाख र हाल रकम दे भनी धम्की दिइरहेको पीडित महिला बस्नेतले दिएको जोहरी पत्रमा भनिएको छ ।

 

कपाली तमसुकमा रकम फरक

२०७७ साउन ४ गते बनाइएको भनिएको कपाली तमसुकको ब्यहोरामा नै रकम फरक रहेको पाइएको छ । एउटै लेखनदासले लेखेको तमसुकमा बस्नेत परिवारलाई दिइएको भनिएको रकम फरक रहेको पाइएको छ ।

 

ब्यहोरा लेख्नेक्रममा लेखनदासले ११ लाख ५६ हजारको कागज बनाएको भएपनि उनकै अक्षरमा सोही कागजको पुछारमा असली ब्यवहार भन्दै रु.५ लाख,७८ हजारको मात्रै रकम उल्लेख गरिएको छ ।

 

कागजमा नै रकम फरक पर्नु नै उनीहरुको ठगीधन्दाको असली रुप भएको जानकारहरुको तर्क छ । कागजमा नै दुईखालको रकम उल्लेख हुनुले पत्रकार शारदा पोखरेल र उनका ससुराको नियत नै ठगी गर्ने रहेको स्पष्ट हुने पनि स्थानीयहरुको भनाइ छ ।

अर्थकरी पाक्षिक पत्रिकाबाट साभार

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
29 %
Sad
Sad
0 %
Excited
Excited
7 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
14 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।