कोल्हबीमा राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरिय युवा भेला सम्पन्न

0 0
Ads here
Flex Print
Read Time:2 मिनेट, 49 सेकेन्ड

राष्ट्रिय युवा संघ नेपालकाे काेल्हवी नगर स्तरिय युवा भेला ने.क.पा.एमालेकाे पार्टी कार्यालय काेल्हवीमा भव्य रुपमा शानिवार सम्पन्न भएको हाे ।

कार्यक्रमकाे अध्यक्षता हरिनारायण चौधरीले गर्नु भएको थियोे भने प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मुविन आलम ,बिशिस्ट अतिथी ने .क.पा.एमालेका जिल्ला कमिटी सदस्य केवल प्रसाद चौधरी ,काेल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी ,उप प्रमुख सुनैना देवी थरुनी, पृथ्वीराज शिवाकाेटी, गाेविन्द पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पुरुषाेतम साह, केन्द्रीय सदस्य तिराज काेइराला, अशाेक तिवारी,रुस्तम अंसारी, अ.ने.म. संघका जिल्ला अध्यक्ष ज्ञानु केसी ,जिल्ला कमिटी सदस्य कल्याणी बिमली,नगर कमिटी सदस्य राजहरण चौधरी,चिन्तामणि चौधरी, इन्दिरा देवकाेटा, नारायण पौडेल, राम प्रसाद अधिकारी,जनक चौधरी,एवं उक्त कार्यक्रममा करिब २५० जना युवाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मुविन आलमले युवाहरु देशका मेरुदण्ड भएकाेले एकताबद्ध भई देशका मुहार फेर्नमा महत्त्वपूर्ण याेगदानकाे खाँचाे रहेकाे बताउनुभयाे ।

Novel Corona Ads
Incidents Registration

यसैगरी देशमा रहेकाे जटिलतालाई अन्त्य गर्न युवाकाे कदम अनुकरणीय र अतुलनीय रहेकाे साथै तत्काल सम्बन्धित कमिटीहरु गठन गरि पार्टी र जनवर्गीय संगठनहरुलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने धारणा केवल प्रसाद चौधरीले राख्नु भयाे ।

साे भेलामा भरत बहादुर भण्डारी ,पुरुषाेतम साह,तिराज काेइराला,अशाेक तिवारी,गाेविन्द पौडेल,कल्याणी बिमली,ईन्दिरा देवकाेटा,उमेश सापकाेटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिपेन्द्र सुवेदी र कार्यक्रम संचालन नन्देश्वर चौधरीले गरेका थिए ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।