महोतरी जिल्लाको एक व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

0 0
Ads here
Flex Print
Read Time:2 मिनेट, 52 सेकेन्ड

महोतरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ मा अवस्थित राजु हार्डवेयर पसलका व्यापारी राजु चौधरी तथा उनका छोरा गौरव चौधरी माथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

गत मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले चौधरी तथा उनका छोरालाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । हेलमेटले हिर्काएर भागेकाहरुको एक थान हेलमेट अझै सो पसलमा छुटेको अवस्थामा छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

अत्याधिक मदिरा खाएर मात्तिएका ति युवाको समूहले ब्यापारी चौधरीको पसलको पैसा राख्ने स्थान बाट तीन लाख रुपैया र एक थान मोबाइल लुटेर लगेको पिडितले बताएका छन् । उतm घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोतरी उद्योग वाणिज्य संघ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी समेत गरिरहेका खबर प्राप्त भएको छ ।

Novel Corona Ads
Incidents Registration

व्यापारीहरुको सुरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले तालाबन्दी गरेपछि वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद गुप्ता व्यापारीहरुको साथ सहयोग गर्दै उनीहरू सँगै प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

उद्योग वाणिज्य संघ मटिहानीले दोषीउपर कडा भन्दा कडा कानूनी कारवाही भएन भने थप सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन् । मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको सकृयता र चासो नदेखाएको कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Kolhabi Ads
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।